पेरिस ९फ्रान्स०, २४ वैशाख । फ्रान्समा राष्ट्रपतिको चयनका लागि स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।
मतदानबाट मध्यपन्थी उम्मेदवार इमानुएल म्याक्रोँ र दक्षिणपन्थी म्यारिनले पेनबीच हुने दोस्रो चरणको प्रतिस्पर्धाका लागि ठूला शहरी क्षेत्रमा साँझ ८ बजेसम्म मतदान जारी रहनेछ भने ग्रामीण भेगमा एक घन्टा अगावै अर्थात् साँझ ७ बजेभित्र मतदानका लागि केन्द्रमा प्रवेश गरेको हुनुपर्नेछ ।
आइतबार झन्डै चार करोड ७० लाख मतदाताल मतदान प्रक्रियामा सामेल हुने अपेक्षा गरिएको छ । यद्यपि समुद्रपार रहेका फ्रान्सेली नागरिकले भने शनिबारै मतदान गरिसकेका छन् । मतगणना देश तथा विदेशमा एकै साथ आइतबार रातिबाट गरिनेछ ।
पहिलो चरणमा गत अप्रिल २३ मा भएको निर्वाचनमा म्याक्रोँशत मत ल्याएर अन्य आकाङ्क्षीलाई पछाडि पारेका थिए ।
फ्रान्समा राष्ट्रपतिको निवाृचनमा कसले पकड जमाउँदै छ त भनी गरिएको विभिन्न मत सर्वेक्षणमा पूर्व अर्थमन्त्री समेत रहेका म्याक्रोँ र दक्षिणपन्थी उम्मेदवार ले पेनबीच कडा प्रतिस्पर्धा रहने देखिएको छ ।
तपाईको प्रतिक्रिया