logo

पाकिस्तानमा अब्बासी प्रधानमंत्रीमा चयन

      8/2/2017 गते 00 00 मा प्रकाशित     2861   पटक पढिएको

२०७४ श्रावण १८ । पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए। 

अब्बासी २ सय २१ सांसदको समर्थनमा करिब दुई महिनाका लागि प्रधानमन्त्रीमा चयन भएका हुन्। अब्बासीपछि नवाज सरिफका भाइ मुहम्मद शाहवाज सरिफ प्रधानमन्त्री बन्नेछन्। उनी हाल पञ्जाबका मुख्यमन्त्री छन्। 

संसद्को सदस्य नभएका सरिफ प्रधानमन्त्री बन्न नमिलेपछि अब्बासीले छोटो समयका लागि मौका पाएका हुन्। उनी नवाज सरिफका नजिकको  भएकाले प्रधानमन्त्री हुने अवसर पाएका हुन । उनले पार्टीमा छलफल गरी नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन्।  दुई महिनाभित्र हुने उपनिर्वाचनमा नवाजका भाई संसद्मा निर्वाचत भएपछि उनलाई प्रधानमन्त्री बनाइनेछ। संसदमा उनको पार्टीका १ सय ८८ सांसद भएकाले उनी प्रधानमन्त्री निर्वाचित हुने निश्चित छ। 

संसद्मा हाल ३ सय ४२ सांसद छन्। पूर्वक्रिकेटर तथा प्रमुख प्रतिपक्षी दलका नेता इमरान खानले अब्बासी र सरिफको नियुक्तिको आलोचना गरेका छन्। इमरानले दुवैजना भ्रष्टाचारी भएको आरोप लगाउँदै मुद्दा दायर गर्ने बताए। यसअघि पाकिस्तानमा नवाज सरिफपछिको प्रधानमन्त्रीमा छोरी मर्याम सरिफलाई अघि सारिएको थियो। तर, गैरकानुनी वैदेशिक सम्पत्तिमा सरिफ, उनका तीन सन्तान र ज्वाइँको संलग्नताको आरोपमा शुक्रबार नवाज सरिफविरुद्ध अदालतले फैसला गरेको थियो। उनीहरूको लन्डनमा गैरकानुनी सम्पत्ति रहेको सन् २०१६ को अप्रिलमा ‘पनामा पेपर्स’ ले सार्वजनिक गरेको थियो। सरिफका दुई छोरा, छोरी र ज्वाइँको संलग्नताबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। 

तीनपटक गरी सबैभन्दा बढी समय प्रधानमन्त्री बनेका सरिफ पूरा कार्यकाल भने पदमा टिकेनन्। सन् १९९० मा पहिलोपटक प्रधानमन्त्री भएका सरिफले भ्रष्टाचारको आरोपमा राजीनामा दिएका थिए। दोस्रो कार्यकालमा तत्कालीन सेना प्रमुखबाट  अपदस्थ भएका थिए भने पछिल्लोपटक गैरकानुनी सम्पत्तिसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएपछि राजीनामा गरेका हुन्। 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.