बीरगंज ६ बैशाख।
गुजरातको अहमदाबाद सिटी पुलिसले हालै आफना मातहतलाई एउटा सर्कुलर पठाएको छ । त्यसमा आफनो क्षेत्रमा फैलीरहेको अफवाहका कारण सर्तक हुनु ताकी कुनै अप्रिय घटनाहरु नओउन । उसले यस्तो सर्कुलर आफना मातहतमा रहेका सबै थानमा पठाएको छ ।
प्रहरी बिभागले हालै मुस्लिम समुदायका बिरुद्ध घृणा उत्पन्न गर्ने खालका सन्देशहरुलाई बढावा दिइरहेको पाइएको निष्कर्ष निकालेकोे बिबिसीले जनाएको छ ।
दिल्लीको निज़ामुद्दीन इलाकामा लकडाउन भन्दा पहिला भएको तबलीगी जमातको एउटा कार्यक्रममा संयौ ब्यक्तिहरु जुटेका थिए । जस मध्य केही मान्छेमा कोरोना भाइरसको संक्रमण फेला परेको थियो । त्यती बेला देखी ने सामाजिक संजालमा अनेक प्कार भ्रम र भडकाउ सन्देश शेयर भइरहेको छ ।
तब्लीगी जमातसंग जोडिएर कोरोना भाइरसको संक्रमणका मामला सार्वजनीक भएपछि नै प्रशासनले यस्तो हुन सक्ने आशंका जनाएको थियो ।
निजामुद्धिन इलाकामा भएको तब्लीगी जमातमा सहभागि भएर फर्किएका मान्छेहरुका कारण कोरोना अन्य राज्यमा फैलन सक्ने कुराको पूर्व अनुमान प्रशानसले गरेकै थियो । त्यसैले अहिले पनि कन्टयाक्ट ट्रेसिङका माध्यमले उनीहरुको पहिचान आद्धपी भइरहेको छ जसबाट कोरोना भाइरसको संक्रमणको खतरा छ ।
अहमदावाद प्रहरीको स्पेहल ब्रांका ज्वाइन्ट कमिशनर परमवीर सिंहले देश यसै पनि मुस्किल अवस्थामा छ यस्तो अवस्थामा तनाव बढने कुनै घटना हामीलाई चाहिएको छैन त्यसै कारण प्रहरीलाई हाई अर्लट गरिएको बताउनु भयो ।
धर्मको आधारमा कसैलाई दुःख दिएको घटना सार्वजनीक नभएपनि मुस्लिम बिरुद्ध प्रसार भएको सन्देशका कारण दुई समुदायकावीचमा दीर्घकालीन असर देखिने मुस्लिम समुदायका अगुवा मान्दछन।
दिल्लीको निजामुद्धिन मकरजबाट १५ मार्चमा धेरै मान्छे फर्किसकेका थिए । केही मान्छे २२ मार्च सम्म रहे जो पछि लकडाउनका कारण उनीहरु त्यही रोकिए ।
वडोदराको एमएस यूनिवर्सिटीका प्रोफ़ेसर जेएस बंदूकवालाका अनुसार प्रहरीले आफनो काम गर्दै थियो तर मिडियाले स्थितिलाई तनावपूर्ण बनाइदियो । त्यो घटना पछि कोरोना भाइरस संक्रमणको पूर्ण फोकस मुस्लिम समुदायमा सिफ्ट भयो ।
मरकजमा कोही थियो भने उसले आफनो बाध्यता बताइरहेको थियो ठिक छ उनीहरुले गल्ती नै गरे त्यसको सजाय पुरै समुदायलाई दिनु ठिक हो र ?
दिल्ली की सामाजिक कार्यकर्ता शबनम हाशमी तब्लीग़ी जमातको बिचारधारा नै बेठीक ठान्नुहुन्छ । त्यसका बिरुद्ध बोल्ने र प्रर्दशन समेत गरिसक्नु भएको छ । यो घटना पछि कोरोना भाइरसंको संक्रमण फैलाउने आरोप सिगो समुदायलाई लगाउने कुरालाई उहाँले ज्यादती ठान्नु भएको छ । उहाँका अनुसार यस्तो ब्यवहारले मेहनतकश मुस्लिम युवाहरुकालागि रोजगारको अभाव हुन्छ र उनीहरु दूर्भावनाका शिकार हुने अवस्था आउछ ।
तपाईको प्रतिक्रिया