logo

सीपीसीको महाधिवेशन सम्पन्न, सर्वोच्च कमाण्डर सी चिनफिङको अभूतपूर्व तेश्रो कार्यकाल प्रारम्भ

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक ५ गते ०८: ५१ मा प्रकाशित     952   पटक पढिएको

चीनको कम्युनिष्ट पार्टीका सर्वोच्च कमाण्डर सी चिनफिङले पार्टी र सरकारको नेतृत्वको तेश्रो कार्यकाल शुरु गरेका छन । यो उनको अभूतपूर्व तेश्रो कार्यकाल हो ।

 

पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन्।

एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापन भएको छ। समापनलगत्तै सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरुको नाम सार्वजनिक गरेको छ।

नयाँ केन्द्रीय समितिमा सात सदस्यीय स्थायी समितिमा रहेका चार जनाको नाम छैन। नाम नहुने स्थायी समिति सदस्यमा प्रधानमन्त्री ली खछ्याङ, ६७, नेसनल पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष ली चान्सु, ७२, चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ, ६७, र उपप्रधानमन्त्री हान चेङ, ६८, छन्। यसको अर्थ यी चारै जनाले अवकाश पाएका छन्।


करिब २०० सदस्यीय केन्द्रीय समिति २५ सदस्यीय पोलिट्ब्युरो मातहत हुन्छ। पोलिट्ब्युरोभन्दा माथि स्थायी समिति हुन्छ। केन्द्रीय समितिमा नपर्नुको अर्थ सो व्यक्तिले पार्टी वा सरकारमा महत्वपूर्ण पद पाउने छैन।

तर, ६९ वर्षीय राष्ट्रपति सीले भने आफूलाई तेङ स्याओपिङयताको सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित गरेका छन्। दुई कार्यकाल मात्र राष्ट्रपति बन्ने परम्परा तोड्दै सी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

आइतबार नयाँ केन्द्रीय समितिको पूर्ण बैठकले नयाँ पोलिट्ब्युरो र स्थायी समितिको टुंगो लगाउनेछ।

त्यसपछि सीले स्थायी समितिका सदस्यहरुसहित पत्रकार सम्मेलन गर्नेछन्।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.