logo

अमेरिकामा १७  लाख संक्रमीत १ लाख बढीको ज्यान गयो  ,विश्वको सर्वशक्तिमान राष्ट्र कोरोना बिरुद्ध कडा सघर्षमा 

      5/27/2020 गते 00 00 मा प्रकाशित     2084   पटक पढिएको

नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत फागुनयता करीव तीन महिनाको अवधिमा ज्यान गुमाउनेको संख्या ६ अंकमा उक्लेको हो । विश्वको सुपरपावर अमेरिकामा संक्रमितको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । 

आधिकारिक रूपमा तथ्यांक अपडेट गर्दैआएको न्युजब्रेकका अनुसार गएको जनवरी महिनामा कोभिड(१९) को संक्रमण देखिएयता अमेरिकामा अहिलेसम्म १७ लाख १८ हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस अवधिमा संक्रमित बिरामीहरू मध्ये झण्डै सॉढे ३ लाख व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

 

प्राप्त जानकारी अनुसार क्यालिफोर्नियाको स्थानीय समय बमोजिम  मंगलवारसॉझ सॉढे ५ बजे नेपाली समय बुधवार विहान करीव सॉढे ६ बजे सम्ममा अमेरिकामा कूल १ लाख १ सय जना मानिसको ज्यान गएको छ ।

 

मृत्यु हुनेमा ५० वर्षमाथिको उमेर समूहका महिलाको तुलनामा पुरूषको संख्या उल्लेख्य रहेको बताइएको छ । 

गतवर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तस्थित उहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भइसकेको विश्वभरको कूल संख्याको झण्डै ३५ प्रतिशत मानिस अमेरिकामा मात्रै संक्रमित भएका छन् ।

 

यद्यपि विगत केही दिनयता संक्रमित संख्या तथा मृत्युदरमा भने केही कमी आएको छ । हिजो २४ घण्टाको अवधिमा १ हजार ४ सय १८ जनाको मृत्यु भएकोमा अहिले यो समाचार तयार पार्दासम्म १२ घण्टाभन्दा बढी अवधिमा झण्डै ७ सय जनाको ज्यान गएको छ ।

 

कोरोना भाइरसको संक्रमण फैलिएयता विश्वभर अहिलेसम्म सॉढे तीन लाख बढीको मृत्यु भइसकेको छ भने झण्डै २३ लाख मानिस उपचार पश्चात ठिक भएका छन् । 

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकाको ५० वटा राज्यहरू मध्ये न्युयोर्कमा सवैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

त्यहॉ मृत्यु हुनेको संख्या २९ हजार ३ सयमाथि रहेको छ । यस अवधिमा न्युयोर्कमा मात्रै झण्डै ३ लाख ७० हजार बढी व्यक्ति संक्रमित भएका छन् । 

यता क्यालिफोर्नियामा पनि मृतकको संख्या ३ हजार ८ सय नाघेको छ भने संक्रमितको संख्या समेत बढेर १ लाखको हाराहारीमा पुगेको छ ।

 

वासिगंटन, पेन्सेलभेनिया, न्युजर्सी, मेसीगन, फोलोरिडा लगातका ठॉउहरू समेत कोरोना भाइरसका कारण ज्यादा प्रभावित छन् ।

 

अप्रिल महिनामा भाइरसको संक्रमण उच्च देखिएको अमेरिकामा मे महिना सुरू भएयता नयॉ विरामी तथा मृतकको संख्या पहिलाको अनुपातमा घटिरहेको छ ।

 

अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्सामा कमी आइरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा पोष्ट गरेको सन्देशले समेत यस कुराको उजागर गरेको छ ।

विगतमा दैनिक जसो ३० हजार माथि रहेको संक्रमित संख्यामा समेत पछिल्लो समय निरन्तर ह्रास आइरहेको तथ्यांकले देखाउँछ ।

 

हिजो २४ घण्टाको अवधिमा अमेरिकामा करीव १९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। अघिल्लो दिन समेत सोही हाराहारीमा नयॉ विरामीहरू थपिएका थिए भने आज १२ घण्टा बढीको अवधिमा १८ हजार नयॉ संक्रमित थपिएका छन् । 

स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले कोभिड(१९) बाट उत्पन्न संकटको सामना गरिरहेको अमेरिकामा २ लाख बढीको मृत्यु एवम् दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छ ।

 

राष्ट्रपति ट्रम्पले भने यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरूद्धको भ्याक्सिन तयार हुने बताउँदै आएका छन् । यता कोरोना संक्रमणका कारण आफ्नो देशमा एक लाखसम्म मानिसको ज्यान जानसक्ने ट्रम्पको अनुमानलाई भने आजबाट तथ्यांकले उछिनेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट हालसम्म अमेरिकामा १६ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ ।

 

कोरोना संक्रमणको ठूलो मार खेपिरहेको न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । अहिलेसम्म अमेरिकाभर झण्डै २ हजार नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ । 

विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड(१९ )संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ ।

 

कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् । कोरोना भाइरसको संक्रमणमा केही कमी आउनथालेपछि राष्ट्रपति ट्रम्पको इच्छाबमोजिम केही राज्यहरूमा हिजोबाट चर्च, मस्जिद, सभाघर लगायतका सार्वजनिकस्थलहरू खुल्ला गर्न थालिएको छ ।

यसैगरी शैक्षिक, सार्वजनिक तथा अन्य केही व्यापारिक हबहरू पुन  संचालन गर्नेतर्फ अमेरिकाका विभिन्न राज्यका राज्यसरकारहरू चरणबद्ध योजनामा लागिपरिरहेका छन् । मानिसहरूले निकै त्रासदीपूर्ण जिवन बिताइरहेपनि अमेरिका अहिलेसम्म एशिया र युरोपेली मुलुकमा जस्तो कडा खालको लकडाउनमा पुगेको छैन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.