logo

भारतमा कोरोनाका संक्रमणका कारण मृत्युहुने क्रम बढदो,२४ घण्टामा १ सय ९४ जनाको ज्यान गयो

      5/28/2020 गते 00 00 मा प्रकाशित     1816   पटक पढिएको

कोरोना भाइरसका कारण भारतमा बितेको चौबिस घण्टामा १ सय ९४ जनाको ज्यान गएको छ भने साढे ६ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म कोरोनाका कारण ४ हजार ५ सय ४० जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ६ सय १३ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

एकैदिनमा भारतमा ६ हजार ५ सय ६६ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ६७ हजार ७ सय ४९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।


नेपाल संग सीमा जोडिकएको भारतको बिहार राज्यमा ३ हजार ३६ जना संक्रमीत छन । उत्तर प्रदेशमा ६ हजार ९ सय ९१ जना ,पश्चिम बंगालमा ४ हजार १ सय ९२,उत्तराखण्डमा ४ सय ६९ मा संक्रमण पुष्टि भएको छ । 
कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा अहिलेसम्म १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ भने करिब ५७ हजार जना संक्रमित भेटिएका छन्।


भारतभर ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ भने ३३ लाख ६२ हजार १ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ५७ हजार ४ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ भने ५७ लाख ९२ हजार २ सय ५३ जनामा संक्रमण रहेको छ। संक्रमितमध्ये २४ लाख ९८ हजार ७ सय ३० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ भने ८ सय ८६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ सय ८३ जना निको भएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.