logo

पत्रकारिता गरेकै कारण दर्जनौ पत्रकार जेलमा , भारतमा आतंकबाद बिरोधी काूनन अन्तरगत अनुसन्धान हुदै

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २९ गते ०८: २६ मा प्रकाशित     842   पटक पढिएको

कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) ले संसार भरमा आफनो पेशा गरेकै कारण जेलमा जाने पत्रकारहरुको संख्या यो वर्ष अन्य वर्षहरुको तुलनामा ज्यादा रहेको जनाएको छ ।

अनुसार, सीपीजे ने कहा कि संसारभरीमा १ दिसंबर,२०२२ सम्म् ३६३ जना पत्रकार जेल परेका छन । सीपीजेका अनुसार यो तथ्याकं संसारमै उच्चस्तरको रहेको छ । गएको वर्षको तथ्याकं भन्दा यो २० प्रतिशत ज्यादा हो । यसले बिग्रदै गरेको मिडिया परिदृश्यको बिकट अवस्थालाई देखाएको छ ।

सीपीजे एक गैर मुनाफामुलक संस्था हो जसले पत्रकारलाई सुरक्षीत भएर प्रतिशोडको डर बिना सामाचार लेख्ने अधिकारको रक्षाको लागि काम गर्दछ । त्यो संस्थाले बुधवार आफनो वार्षिक प्रतिवेदन जारी गर्दै यो सातौ वर्ष हो संसार भर २५० भन्दा बढी पत्रकारहरु जेलमा रहेको जानएको छ ।

प्रतिवेदनका अनुसार ईरान, चीन, म्यांमार, तुर्की और बेलारूस पत्रकारलाई जेल हाल्ने प्रमुख देशको सूचीमा परेका छन ।कोविड १९ को महामारी यूक्रेन माथि रूसी आक्रमणको दोहोरो संकटमा परेका पत्रकारलाई तानाशाही सरकारहरुले आफू बिरुद्धको असन्तोष बाहिर आउनबाट रोक्नकोलागि मिडियालाई दवाउने दमनकारी प्रयास बढाइरहेका छन ।

प्रतिवेदनका अनुसार भारत अहिले सात जना पत्रकार जेलमा छन । कश्मीर नैरेटरका आसिफ सुल्तान, सज्जाद गुल, गौतम नवलखा, मनन डार, सिद्दीक कप्पन, फहद शाह र रूपेश कुमार सिंह जेलमा छन।


जेलमा बंद सात मध्य छ पत्रकारका बिरुद्ध आतंकवाद विरोधी गैरकानूनी गतिविधि रोकथाम अधिनियम (यूएपीए) अन्र्तगत अनुसन्धान भइरहेको छ । यो कडा कानून अन्र्तगत आरोप लगाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.