logo

भारतीय राज्य कर्नाटकमा कांग्रेसको भब्य जीत , भाजपा इतरमा उत्साहको संचार

 भारतीय संचारमाध्यम     २०८० बैशाख ३० गते ०९: १२ मा प्रकाशित     748   पटक पढिएको

बैंगलुरु । भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनको २२४ सीटमा भएको मतगणनाको पछिल्लो परिणम आनुसार राज्यमा भारतीय कांग्रेस आईको सरकार बन्ने पक्का भएको छ ।

भारतीय निर्वाचन आयोगका मुताबिक, शनिवार बेलुका साढ़े आठ बजे सम्म २१९ सिटको नतिजा सार्वजनीक भएकोमा १३३ सीटम जीत दर्ज गरेर भारतीय कांग्रेस आई सरकार बनाउने निणार्यक तहमा पुगेको हो । सत्तारुढ भारीय जनतापार्टी ले भो ६३ सिटमा जीत हासिल गरेको छ । मतगणना जारी मध्यका तीन सिटमा २ सिटमा भाजपाले अग्रता लिएका छन ।

 

जनता दल (सेकुलर)ले जम्मा १९ सिटमा जीत हासिल गरेको छ । जनता दलले भने त्रिशंकु धिान सभा बन्ने आश गरेको थियो । अघिल्लो बिधान सभामा जजनता दलले ३७ सिट पाएको थियो । भारतीय कांग्रेस आईको सहयोगमा त्यही पार्टीका एचडी कुमारास्वामी मुख्यमंत्री बनेका थिए ।

पछिल्लो बिधान सभाको तुलनामा यो पटक कांग्रेसले ५६ सिट बढी जितेको छ भने भाजालाई ३९ सिट घाटा लागेको छ । यस अघि कांग्रेसलाई ८० भाजपालाई १०४ सिट प्राप्त भएको थियो ।


भाजपाका पूर्व पूर्व मुख्यमंत्री जगदीश शेट्टार हुबली(धारवाड़ सेंट्रल सीटबाट हारेका छन । स्वास्थ्य मंत्री डॉ. के. सुधाकरले पनि चुनाव जित्न सकेनन । भाजपाका वरिष्ठ नेता वी. सोमन्ना दुई सिटबाट चुनाव लडेका थिए दुबै सिटबाट उनी हारेका छन ।

भाजपाका राष्ट्रीय महासचिव र तमिलनाडुका इन्चार्ज सीटी रवि पनि कांग््ेका उम्मेदवार संग हारेका छन । भाजपा का एक तिहाई भन्दा बढी मंत्रीहरुले हारको सामना गर्नु परेको छ ।

मुख्यमंत्री बसवराज बोम्मईले भने चुनाव जितेका छन।पूर्व प्रधानमंत्री एचडी देवगौड़ाका नाती जेडी (एस) उम्मीदवार निखिल कुमारास्वामीले पनि हारको सामना गर्नु परेको छ । कांग्रेस अध्यक्ष डीके शिवकुमार कनकपुरा विधानसभाबाट भारी मतका साथ बिजयी भएका छन । कांग्रेसका राष्ट्रीय अध्यक्ष मल्लिकार्जुन खड़गेका छोरा प्रियंक खड़गेले पनि पजत निकालेका छन ।

कांग्रेस का पूर्व मुख्यमंत्री सिद्दारमैया वरुणा बिधानसभा क्षेत्र बाट चुनाव जितेका छन । सिद्दारमैया र डीके शिवकुमार कांग्रेस सरकारमा मुख्यमंत्रीका प्रबल दावेदार हुन ।

 

यसैवीच कांग्रेसको कार्नाटक जीतकाृ श्रेय राहुल गांधीको ‘भारत जोड़ो यात्रा’ लाई दिइइएको छ । प्रधानमंत्री नरेन्द्र मोदीले जीतकालागि कांग्रेसलाई बधाई दिएका छन भने कांग्रेस नेता राहुल गाँधीले घृणाको हार प्रेमको जीत भनेका छन ।

 

तृणमूल कांग्रेस प्रमुख ममता बनर्जी,तमिलनाडुका मुख्यमंत्री एमके स्टालिन,जम्मू कश्मीरको पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) को अध्यक्ष महबूबा मुफ्ती,जम्मू कश्मीर नेशनल कॉन्फ्रेंसका उमर अब्दुल्ला ,समाजवादी पार्टीका प्रमुख अखिलेश यादव ,बिहारका मुख्यमंत्री नीतीश कुमार, र माक्र्सवादी कम्युनिष्ट पार्टीका महासचिव महासचिव सीताराम येचुरीले ट्विटर मार्फत जीतकालागि कांग्रेसलाई बधाई दिएका छन । उनीहरुले नकारात्मक साम्प्रदायीकतालाई कर्नाटकका जनताले परास्त गरेको उल्लेख छन ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.