विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ करोड ६१ लाख मानिसहरु निको भएर घर फर्किएका छन । यो संगै संक्रमितको संख्या ३ करोड पार भएको छ । । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ३२ हजार ५ सय ६३ पुगेको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म १० लाख ३७ हजार ९ सय ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अझै पनि विभिन्न देशमा गरी ७९ लाख ७१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको जनाइएको छ । कोरोनाबाट बढी प्रभावित हुने देशको लिस्टमा अमेरिका, भारत र ब्राजिल रहेका छन्। तर पछिल्ला केही दिन यता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
अमेरिकामा मात्रै हालसम्म ७६ लाख बढी संक्रमण पुष्टि भएको छ भने २ लाख १४ हजार २ सय ७७ जनाको ज्यान गएको छ ।
यसैगरी भारतमा ६५ लाख ४७ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ । भारतमा हालसम्म १ लाख १ हजार ८ सय १२ जनाको मृत्यु भएको जनाइएको छ । उता ब्राजिलमा पनि अहिलेसम्म ४९ लाख ६ हजार ८ सय ३३ जनामा कोरोना पुष्टि भएको छ भने १ लाख ४६ हजार ११ जनाको मृत्यु भएको छ ।
संसार भर सक्रिय संक्रमित मध्य ६६ हजार १ सय जनाको अवस्था भने गम्भिर छ । यो सक्रिय संक्रमित संख्याको १ प्रतिशत मात्र हो ।
७९ लाख ५ हजार २ सय ३५ जनाको अवस्था सामान्य रहेको छ । यो संख्या सक्रिय संक्रमीत मध्यको ९९ प्रतिशत हो ।
तपाईको प्रतिक्रिया