logo

संसारमै संक्रमण घटदो, ३९ लाख ३८ हजार पाँच सय ५६ जनाको मृत्यु,१८ करोड बढी संक्रमीत

      6/28/2021 गते 00 00 मा प्रकाशित     1607   पटक पढिएको

विश्वमा पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ८५ सङ्क्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भने ओरालो लाग्न थालेको छ ।

 

महामारीले अवस्था जर्जर बनाउँदा कोरोनाका कारण विश्वमा एकै दिन १४ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । विश्वभर हालसम्म ३९ लाख ३८ हजार पाँच सय ५६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।  

 

एकै दिन तीन लाख पाँच हजार सात सय ४१ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक सात लाखभन्दा बढी सङ्क्रमित विश्वमा थपिन्थे । सङ्क्रमित सङ्ख्या १८ करोड १८ लाख ४८ हजार चार सय ९३ पुगेको छ ।

 

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा एक दिनमा मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा तल झरेको छ । 

अमेरिका कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो । पछिल्लो २४ घण्टामा अमेरिकामा ९२ जनाको मृत्यु भएको छ । एक दिनमा एक सयभन्दा कम सङ्क्रमितको मृत्यु भएपछि अमेरिकाले लगभग कोरोना महामारी नियन्त्रणमा निक्कै सफलता प्राप्त गरेको रूपमा लिइएको छ । 

महामारी उत्कर्षमा पुग्दा अमेरिकामा एक दिनमा कोरोनाका कारण दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । अमेरिकामा हालसम्म कोरोनाका कारण छ लाख १९ हजार चार सय ३४ जनाको मृत्यु भइसकेको छ । 

अमेरिकामा  हालसम्म तीन करोड ४४ लाख ९४ हजार पाँच सय ७५ जना अमेरिकी नागरिकमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । 

 

सङ्क्रमितमध्ये दुई करोड ८९ लाख २७ हजार तीन सय ३५ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किएका छन् ।  ४९ लाख ४७ हजार आठ सय छ जना सङ्क्रमित उपचाररत रहेकोमा तीन हजार आठ सय ३८ जनाको अवस्था चिन्ताजनक छ । 

 

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन नौ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा पनि दैनिक मृत्यु दर घट्दै गइरहेको छ । कोरोनाको दोस्रो भेरियन्टमा विश्वमै सबैभन्दा बढी प्रभावित बनेको भारतमा एक दिनमा छ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । 

 

हालसम्म भारतमा कोरोनाबाट चार लाख ९६ हजार सात सय ६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार छ सय ४३ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिन्थे । 

त्यो सङ्ख्या अहिले क्रमस घट्दै गएर ५० हजारभन्दा तल झरेको छ । भारतमा सङ्क्रमित सङ्ख्या तीन करोड दुई लाख ७८ हजार नौ सय ६३ पुगेको छ । दुई करोड ९३ लाख दुई हजार दुई सय ६० जना सङ्क्रमणमुक्त बनिसकेका छन् । 

 पाँच लाख ७९ हजार नौ सय ४२ जना सङ्क्रमितको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । 

 

ब्राजिलमा हालसम्म कोरोनाका कारण पाँच लाख १३ हजार पाँच सय ४४ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ८४ लाख २० हजार पाँच सय ९८ पुगेको छ । एक करोड ६६ लाख १३ हजार नौ सय ९२ जना उपचारपछि कोरोनामुक्त बनिसकेका छन् । 


१२ लाख ९३ हजार ६२ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । संक्रमण ब्राजीलमा पनि घट्दो छ ।

बिश्वमा १६ करोड ६३ लाख ६१ हजार चार सय ९६ जना उपचारपछि निको भएका छन् । एकै दिन दुई लाख ९४ हजार चार सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् । एक करोड १५ लाख ४८ हजार चार सय ४१ जनाको उपचार जारी रहेकोमा ८० हजार चार सय ४७ जनाको अवस्था गम्भीर छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.