logo

नेकपा एसको तर्फबाट महतो र यादव सरकारमा जाने , बिश्वकर्मा “हिस्स बुढी हरियो दाँत” 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ३ गते ०५: ०४ मा प्रकाशित     601   पटक पढिएको

प्रदेश सरकारसंग गठबन्धन गरी सत्ता साझेदारी गर्ने निर्णय गरेको एकीकृत समाजवादीले सरकारमा पठाउने दुईनजा मन्त्रीहरुको नाम टुंग्याएको हो ।

 

पार्टीको तर्फबाट संसदीय दलका नेता शत्रुघ्न महतो र सिराहका प्रदेश सभा सभासद प्रमोद यादवलाई सरकारमा पाठाउने निर्णय भएको हो । 

प्रदेश सरकारमा महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले  कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन ।

पहिलेदेखि नै नेकपा एस संसदिय दलको नेता सत्रुधन महतो मन्त्री बन्ने पक्का भएपनि प्रमोद यादवको नाम पार्टीले अन्तिम समयमा छनौट गरेको बुझिएको छ । 

प्रदेश सरकारमा मन्त्री बनाउनुपर्ने मौखिक सहमतिमा एमालेबाट अन्तिम समयमा नेकपा एस कालागि सनाखत गरेका सांसद सुन्दर विश्वकर्मालाई भने पार्टीले मन्त्री बनाएन् ।

नेकपा सिंगै पार्टी हुंदा प्रदेशसभामा सचेतक रहेका विश्वकर्मा भने मन्त्री बन्नेमा ढक्क रहेको अवस्थामा पार्टीले अर्कै नाम पठाउंदा उनी चित खाका छन । बारा पर्सामा “हिस्स बुढी हरिया दाँत ” भन्दै बिश्वकर्मालाई उडाउन थालिएको छ । 

नेकपा एसलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए । 

नयां बन्ने मन्त्रीहरुको सपथग्रहण कात्तिक ५ गते आइतबार दिउँसो २ बजे हुने प्रदेश सरकार स्रोतले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.