राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।
पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
गिरिले सामाजिक सञ्जालमार्फत् पनि पुष्टि गरेका न । उनले आफूले राप्रपाका तर्फबाट उम्मेदवारी प्रस्तुत गर्न लागेको जनाएका छन । उनले भनेका छन्, ‘मलगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगन्जका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु।’
तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको मेयर स्वर्गीय गोपाल गिरीका सुपुत्र गिरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरको उम्मेदवार बन्न लागेका हुन् ।
तपाईको प्रतिक्रिया