logo

भरतपुर र माडीमा एमाले–राप्रपा तालमेल प्रयास

      २०७९ बैशाख ११ गते १०: ३३ मा प्रकाशित     858   पटक पढिएको

चितवन, ११ वैशाख : चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

जिल्लाका यी दुई पालिकामा राप्रपाको मत राम्रो रहेकाले राप्रपालाई दुबै पालिकामा उपमेयरसहित केही वडाध्यक्ष दिएर तालमेल गर्ने सहमतिको नजिक पुगिएको एमाले नेताहरुले बताएका छन् ।

राप्रपाको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । राप्रपाका नेता जीवलाल पुरीले एमालेसँग सकारात्मक कुराकानी भइरहेको बताए ।

भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपाको बलियो उपस्थिति छ । एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गर्ने भनेर उपमेयरको टुंगो लगाएको छैन । शनिबार राति सकिएको एमाले सचिवालय बैठकले पनि भरतपुर महानगरपालिकाको उपमेयरमा सकेसम्म तालमेल गर्ने नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदी र माडीको मेयरमा ताराकाजी महतोलाई मेयरको उम्मेदवार बनाएको छ । एमाले चितवन जिल्ला इञ्चार्जसमेत रहेका पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीले राप्रपासँग चुनावी तालमेलमा सहमतिको नजिक पुगेको बताए । ‘आज साँझसम्म एउटा कुरा आउँछ,’ नेता ज्ञवालीले भने, ‘एमाले र राप्रपासँगै मिलेर जानेमा एकमत छौं ।’

भरतपुर महानगरका अधिकांशका वडा र माडी नगरपालिका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र ९चितवन ३० मा पर्दछ । राप्रपाका उपाध्यक्ष पाण्डेले एमालेसँग सहमति गरेर चुनावमा जानेबारे सकारात्मक कुराकानी भएको बताए । ‘मिलेर जानुको विकल्प छैन, आज फाइनल हुन्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘यसपटक भरतपुर जित्नुपर्छ भन्ने हो ।’ एमालेले भरतपुरको उपमेयरमा प्रदेश सांसदसमेत रहेकी रिना गुरूङलाई उम्मेदवार बन्न अनुरोध गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.