logo

जीतपुर सीमरामा एमालेका तर्फबाट चौधरी र अधिकारी

 इसीमाना सम्बाददाता     २०७९ बैशाख १२ गते ११: ५४ मा प्रकाशित     431   पटक पढिएको

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले मेयमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी भने निर्वतमान उपमेयर हुन ।

 

उपमेयरमा भोला अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी साविक सीमरा गाविसम एमालेको तर्फबाट अध्यक्ष रही सकेका नेता हुन । जीतपुर सीमरा उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ५ जनाको दावेदारीका कारण एमालेलाई उम्मेदवार तय गर्न सकस परेको थियो । 


नगर कमिटीले नगर प्रमुखमा मनोज पौडेल, सरस्वती देवी चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेव चौधरी, प्रल्हाद साह, राधेश्याम सिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस गरेको थियो ।

 

उपप्रमुखमा नगर कमिटी अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, नेताहरु अशोक लामा, कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.