काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिको जिम्मेवारीमा पुगेका छन्।
आज साँझ उम्मेदवारी दर्ताको समय सकिँदासम्म वरिष्ठ उपसभापति पदका लागि शर्माको मात्रै मनोनयन परेको थियो।
अन्य कुनै उम्मेदवारले दाबी प्रस्तुत नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि पुसमा सम्पन्न विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। त्यसअघि १४औँ महाधिवेशनबाट उनी महामन्त्रीको भूमिकामा पुगेका थिए।
त्इस्तैगरि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
आज उम्मेदवारी दर्ताको समय सकिँदासम्म भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताका लागि साँझ ७ बजेसम्मको समय तोकिएको थियो।
तपाईको प्रतिक्रिया