logo

भारतीय नागरिकको तस्वीर राखेर भोट माग्दै जसपा, स्थानीयमा बढ्यो असन्तोष

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २५ गते ०३: ३५ मा प्रकाशित     461   पटक पढिएको

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तीब्र बनाएका छन् । तर, जसपाका उम्मेदवारहरुले भने भारतीय नागरिकको तस्वीर राखेर प्रचार प्रसार गरेका छन् ।

 

पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार वशिष्ठ कलवार र उपमेयर सायना खातुनले चुनावी ब्यानरमा जसपाका नेताको स्थानमा भारतीय नागरिकको तस्वीर राखेर प्रचार प्रसार गरिरहेका छन् ।

 

उपमेयरकी उम्मेदवार सायना खातुनको तस्बिर माथि भारतीय नागरिक अरमान खाँको तस्बिर राखिएको छ । खातुन खाँकी बहिनी हुन् । तस्बिर राखिएको व्यक्तिको भारत विहार राज्यको रामनगरमा प्रभाव राम्रो रहेको बताईएको छ ।

 

कालिकामाई गाउँपालिकको चुनावमा समेत अरमान खाँको तस्बिर राखेर गाउँ गाउँमा ब्यानर टाँगिएका छन् ।चुनावी पोष्टरमा भारतीय नागरिकको फोटो राखेर भोट माग्न थाले पछि जसपाका आलोचना बढेकोछ । मतदाता जसपाको यो चालबाट रुष्ट भएको स्थानीयले प्रतिक्रिया दिएकाछन । खाँ दुई महिना अगाडि जसपामा प्रवेश समेत गरेका थिए ।

 

जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेश सांसद सिंहाशन कलावर, सचिव तबरेज अहमद लगायतका नेताहरुले खाँलाई पार्टी प्रवेश गराएका थिए । कालिकामाई गाउँपालिकाको मेयर पदमा जसपाबाट उम्मेदवारी दिएका वशिष्ट कलवार दिनेश कलवारका भतिजा हुन् । चुनावी ब्यानरमा अरमान खाँसँगै दिनेशको तस्बिर समेत राखिएको छ ।

 

अघिल्लो स्थानीय चुनावमा कालिकामाईको उपमेयरमा कलवारले आफ्नो भाउजु लालशा देवी कलवारलाई उम्मेदवार बनाएका थिए । उनकी भाउजु पराजित भइन् । खोटाचलन, लागूऔषध मुद्दामा सजाय पाइसकेका कलवार आफू निर्वाचनमा लड्न नपाउने भएपछि कहिले भाउजु त कहिले आफ्नो भतिजोलाई अगाडि सार्दै आएका छन् ।

 

उनकी भाउजु अस्वस्थ्य रहेकीले यसपालीको चुनावमा भतिजोलाई अगाडि सारेका हुन् । आपराधिक गतिविधिमा दोषी व्यक्ति संविधानत चुनाव लड्न नपाउने भएपछि राजनीतिलाई आफ्नो पकड बाहिर जान नदिन पारिवारिक सदस्यलाई अगाडि सार्ने विहारी प्रवृत्ति अहिले कालिकामाई गाउँपालिकामा समेत देखिएको छ ।

 

कलवारकै परिवारका सदस्यले जसपाबाट टिकट पाउने निश्चित देखिएपछि जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेका छन् । मेयरमा जसपाबाट दिनेश कलवारका भतिजो वशिष्टले नै टिकट पाउने पक्का भएपछि राजेश चौरसिया एमाले प्रवेश गरेका हुन् । जसपाकै अर्का प्रभावशाली नेता राधाकृष्ण चौरसिया कांग्रेसको झन्डा बोक्न बाध्य बनेका हुन् । नेकप ाएमालेबाट उनै राजेश चौरसिया गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.