पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेका उम्मेदवार संबिधान सभाका सदस्य समेत रहेका प्रदुम्न चौहान बिजयी भएका हुन ।
उनले ५ हजार ४ सय ५४ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका दीपनारायण रौनीयारले ३ हजार १ सय २१ मत प्राप्त गरे ।
यस्तै पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५ हजार १ सय ९५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३ हजार ९ सय २९ प्राप्त गरेकी छिन ।
तपाईको प्रतिक्रिया