logo

एमालेको समानुपातीक उम्मेदवारद्वारा पार्टी परित्याग

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक १ गते ०७: १० मा प्रकाशित     329   पटक पढिएको

नेकपा एमालेको एक जना सामानुपातीक उम्मेदवारले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन ।
नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार रहेकी फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले उनलाई मंगलवार पार्टीमा प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गरेकी महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेशी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको बताइन् ।

जनकपुरधाम उपमहानगरपालिका २२ मा आयोजित कांग्रेसको घरदैलो अभियानका क्रममा महतोलाई सहमहामन्त्री यादवले पार्टीमा भित्र्याएका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.