logo

तथ्यमा रहेर बहस गर्न, पर्सा एमाले नेतृत्वलाई ठोरीका अध्यक्ष श्रेष्ठको खुल्ला चुनौती

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १८ गते ०७: ३९ मा प्रकाशित     1295   पटक पढिएको

नेकपा एमाले पर्सा भित्रको कारवाही काण्डका बारेमा नेताहरुको धारणा क्रमश सार्वजनीक हुदै छ । नेकपा एमालेका ठोरी गाउँपालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले आफ्नो सामाजिक संजालको पेजमा प्रतिक्रिया लेख्दै नेतृत्वलाई तथ्यमा आधारित रहेर बहस गर्न चुनौती दिएका छन ।


उनले गाउँपालिका कमिटी बहसकालागि तयार रहेको र त्यसले निकाल्ने निष्कर्ष वा निर्णय स्वीकार्य हुने उल्लेख गर्दै कथित “पदाधिकारी ”बैठकको हवला दिदै सार्वजनीक गरिएको कारवाही काण्डलाई अस्वीकार गरिएको संकेत गरेका छन ।


उनले लामो प्रतिक्रिया लेख्दै पार्टी सम्पूर्ण एकताको आधार हुनु पर्नेमा ब्यक्तिवादी प्रवृति हावी भएको उल्लेख गरेका छन । पार्टीले एउटा प्रक्रिया र पद्धतीको घुम्ती पार गरेर निष्पक्ष रुपमा कार्य सम्पादन गर्नु पर्नेमा अहिले लहड, आवेग र प्रतिशोध लिने प्रवृतिको माध्यम बन्न पुगेको भन्दै अध्यक्ष श्रेष्ठले चिन्ता ब्यक्त गरेका छन ।

 

उनले प्रश्न गर्दै भनेका छन के माथिल्लो कमिटी भनेको तलको कमिटीलाई कार्यवाही अथवा स्पस्टिकरण सोध्नका लागि मात्र हो कि तलको कमिटीको पनि कुनै कुरा सुनुवाइ गर्नकालागि हो ?

स्थानीय चुनाबमा तल्लो कमिटीका केही जिम्मेवार नेताहरुबाट अन्तर्घात हुँदा कार्वाहीको मांग गर्दा झन बढुवा भएको प्रसंगलाई स्मरण गर्दै उनले पार्टीको लोकतान्त्रिक चरित्र समाप्त पारिएको बताएका छन ।

 

उनले नेतृत्वलाई सोधेका छन “ बिना दोस कसैलाई सनक चलेको भरमा कार्वाही अथवा स्पस्टिकरण किन र के को लागि कामरेड ? ” । उनले ठोरी गाउँपालिकाको नेतृत्व सम्हाले देखी आजको मिति सम्म कुनै नेता कार्यकर्ताबाट अध्यक्षले सहि गरेन भन्ने आवज आयो भने त्यही दिन बाट राजीनामा दिन सक्ने उल्लेख गर्दै बिना कारण मेरो राजनीतिक यात्रालाई रोक्ने कोसिस किन हुदैछ भनेर प्रश्न गरेका छन । श्रेष्ठले झै एमालेका अनेकौ नेता कार्यकर्ताले प्रतिक्रिया जनाई रहेका छन ।

 

अहिलेको कारवाही काण्ड पार्टीको स्थापित बिधि प्रक्रिया भन्दा बाहिरबाट प्रतिशोध साध्नकालागि भएको भन्दै एमाले भित्र तिब्र असन्तुष्टि बढेको छ ।

 

नेकपा एमालेको केन्द्रीय नेतृत्वले समेत पर्साको नेतृत्वको कामलाई बेठीक भनेको एमालेका एक नेताले बताएका छन । एमाले भित्र अहिलेका जिल्ला अध्यक्ष जयप्रकाश थारुको नेतृत्वको क्षमता कमजोर रहेको भन्दै एमालेको पर्सा जिल्ला कमिटीको बिघठनको माँग चर्को रुपमा उठन थालेको छ ।

शनिवार जिल्ला सचिवालय कमिटीको बैठकले पार्टीका जिल्ला सचिव एंव छिपहरमाई गाउँपालिकका अध्यक्ष मनोज गुप्ता, पर्सा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, गाउँपालिका कमिटी अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु, जिल्ला कमिटि सदस्य ताजदिन अंसारी, जिल्ला कमिटी सदस्यहरु इमरान हुसेन, मंजूर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु, रामप्रित महतो थारु र अमानत अंसारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको सार्वजनीक भएको थियो । त्यही बैठकका हवला दिदै पार्टीका केन्द्रीय सदस्य प्रभु हजरा र प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारीलाई पार्टीको साधारण सदस्यबाट निष्काशनकोलागि प्रदेश तथा केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको थियो ।


सचिवालयको बैठकले पार्टीको निर्देशन विपरित काम गरेको भन्दै २६ लाई स्पष्टीकरण सोधेको छ । यसरी स्पष्टीकरण सोध्नेमा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष महेश दास, नरेस टिवडेवाल, आमोद यादव, वीरगञ्ज महानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष संजिब बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल, सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव, जिल्ला कमिटि सदस्यहरु हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अलि, फुलमहमद मियाँ, रियाजुल मियाँ, र ठोरी गाउँपालिका कमिटिका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.