नेकपा एमालेको समानुपातिक सांसदमा पर्सा जिल्लाबाट पार्टीका पर्सा इन्चार्ज प्रभू हजरालाई मनोनयन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय एवम् पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा दुषाद र महिलातर्फ निर्मला कोइराला (देवकोटा ) लाई समानुपातिक सांसदमा मनोनयन गरेको हो ।
शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभातर्फ पाएको ३४ सिटमध्ये २२ महिला र १२ पुरुषलाई चयन गरेको हो । त्यस्तै प्रदेश सभा तर्फ नेकपा एमालेको मधेश प्रदेश समितिका सदस्य बिना शर्मालाई मनोनयन गरेको छ ।
नेकपा एमालेले सुाुकम्वासी नेपाली जनताको हक र हितकालागि संघर्षरत सरस्वती सुब्बालाई प्रतिनिधि सभा सदस्यमा मनोनयन गरेको छ । सर्लाही निवासी सुब्बा भुमि अधिकार तथा श्रमिक संगठन नेपालको उपमहासचिव हुन ।
तपाईको प्रतिक्रिया