logo

विकासका एजेण्डा बोकेर एमाले नेता पौडेल मतदातासामु ,जित्नेमा ढुक्क

 इसीमाना सम्वाददाता     २०७९ चैत २९ गते ०७: ०५ मा प्रकाशित     818   पटक पढिएको

कलैया । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा एमालेको बढ्दो जनलहरले आफू निकै उत्साहित रहेको बताएका छन् । चुनावी प्रचारमा व्यस्त रहेका उम्मेदवार पौडेलले मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा समेत आफू ढुक्क रहेको बताए ।

चुनाव प्रचारलाई तिव्र बनाएका पौडेल यतिबेला बारा २ का मतदातासंग मत मागिरहेका छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा समेत राखिरहेका छन् ।

जिल्लाको अन्य क्षेत्रको तुलनामा बारा २ निकै पछि परेको गुनासो आफूले सुन्नुपरेको भन्दै उम्मेदवार पौडेलले क्षेत्रको विकासका लागि खाकासहित आफू चुनावी मैदानमा उत्रिएको बताए । मतदाताको गुनासो घरमै पुगेर सुनिरहेका उम्मेदवार पौडेलले आफू निर्वाचित भएपछि बारा २ को मुहार फेरिने बताएका छन् ।


निर्वाचन क्षेत्र घुम्ने क्रममा मतदाताबाट पाएको प्रतिक्रिया र साथले आफूलाई उत्साहित बनाएको र बारा २ का विकासका लागि पनि आफ्नो जित आवश्यक रहेको नेता पौडेलको भनाई छ । एमालेको पुरानो र प्रभावशाली नेताका रुपमा परिचित पौडेल जसपाका उपेन्द्र यादवलाई चुनौती दिदै बलियो प्रतिस्पर्धीका रुपमा अगाडि देखिएका छन् । जसपाका नेताहरु समेत आफूहरुको लडाई एमालेसंग रहेको बताउन थालेका छन् ।

सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष यादव यतिबेला बारा २ मा आएर चुनाव लडिरहेका छन् । उनिसंगै अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार रहेका शिवचन्द्र कुशवाहा जनमत पार्टीबाट उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआईजी रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।

एमाले उम्मेदवार पौडेलबाहेक अन्य सबै उम्मेदवार २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उम्मेदवार हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.