logo

महासंघले घोषणा गर्यो ५ सदस्यीय वार्ता समिति , शिक्षक सरु्रवाको बिषयमा वार्ता नगर्ने मेयरको अडान

 इसीमाना सम्वाददाता     २०८० जेठ ८ गते ०५: १२ मा प्रकाशित     470   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर नियमित रुपमा विद्यालयमा पुगेर बालबालिकालाई पढाउने कार्यमा लाग्न आग्रह गरेका छन ।

 


उनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको र सुधारका बिषय बाहेक सरुवाको बिषयमा कसैसँग बार्ता नहुने स्पष्ट पारेका छन ।

 

तर शिक्षक महासंघले भने वीरगञ्ज महानगरपालिकासँग बार्ता गर्नको लागि महासंघका महानगर कमिटी अध्यक्ष विनोद मेहताको अध्यक्षतामा ५ सदस्यीय बार्ता समिति गठन गरेको पर्सा अध्यक्ष तिर्थराज यादवले बताएका छन ।

 

शिक्षक सरुवामा पूर्वाग्रह गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । सोमबार महासंघको नेतृत्वमा धर्ना कार्यक्रम संचालन गरेको छ । वीरगञ्ज महानगरपालिकाको मुल गेटमा व्यानर राखेर शिक्षकहरुले धर्ना दिएका हुन ।

 

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । मंगलवार (भोली) सम्ममा महानगरपालिकाले वार्ताको माध्यमले समस्या समाधान नगरे दोश्रो चरणको आन्दोलन गर्ने महासंघका पर्सा अध्यक्ष यादवको भनाई छ ।

 


स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार शिक्षा विकास समन्वय समितिलाई शिक्षक सरुवाको अधिकार हुनुपर्नेमा गैरकानुनी रुपमा महानगरले सरुवा गरेको अध्यक्ष यादवले बताए ।

 

शिक्षक महासंघले १५ बुँदे माग राखेर गत बैशाख २६ गते वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएकोमा महानगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभएको यादवको भनाई छ । हामीले उठाएका माग सम्वोधन नभए बुधवार देखि दोश्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने महासंघ पर्साका अध्यक्ष यादवले जानकारी दिए ।

 

वीरगञ्ज महानगरपलिकाको शैक्षिक प्रशासन महाशाखाले गैरकानुनी रुपमा शिक्षकहरुको सरुवा गरेको, शिक्षकहरुलाई डर, त्रास र धम्की दिने गरेको, चाकडी र चप्लुसी गर्नेलाई अवसर र काम गर्ने शिक्षकलाई दण्ड दिने महानगरको नीतिका विरुद्धको आन्दोलनमा आउनु परेको संघका अध्यक्ष यादवले भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.