logo

बिकास ,सामाजिक एकता ,शान्ति र समृद्धिकालागि खेलकुदको बिकास आवश्यकः अहमद

 इसीमाना सम्वाददाता     २०८० असोज ६ गते ०६: ०० मा प्रकाशित     1167   पटक पढिएको

वीरगंज । मानव जीवनको स्वास्थ्यकालागि मात्र होइन समाज र राष्ट्रको पहिचान स्थापित गर्न पनि खेलकुदको भूमिका महत्वपूर्ण रहेको नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य सलाउदिन अहमदले बताएका छन ।

 


नेपाल खेलकुद महासंघको घोवीनी पालिका स्तरीय भेलालाई समबोधद गर्दै अहमदले खेलकुद प्रतियोगितामा प्रतिस्पर्धीलाई हराउन जुन टिम स्पिरिटमा काम गरिन्छ राजनीतिमा पनि जनताको आवश्यकतालाई पुरा गर्न त्यही रणनीति अन्र्तगत काम गर्नु पर्ने बताए ।

 

उनले खेलकुद सामाजिक एकता र शान्ति निर्माणको बलियो माध्यम भएको चर्चा गर्दै खेलकुदको बिकासकालागि ठोस नीति आवश्यक रहेको बताए । उनले नेपालमा खेलकुदलाई नेकपा एमालेले बिशेष महत्व दिएको बताए ।

 


नेपालको हरेक भुभागमा खेलिने खेलहरु फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र नभई पहिचान र समृद्धिसँग पनि जोडिएकोले यि खेलको संरक्षण र प्रवद्र्धनमा सरकारले बिशेष जोडदिनुपर्ने अहमदको भनाई थियो ।


कार्यक्रममा खेलकुद महासंघका केन्द्रीय सचिव शिवजी गुप्ताले खेलकुद महासंघले खेल खेलाडीको हितमा काम गर्ने बताए । उनले समग्र खेलक्षेत्रको बिकास र खेलाडीको सम्मान नेकपा एमालेले मात्र गनेृ बताए ।
भेलाले

भेलाले फैयाज अहमदको अध्यक्षतामा २५ सदस्यी महासंघको पालिका समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा धिरज साह, अजय कुमार, सुरज राम, महेश ठाकुर, कोषाध्यक्षमा अभिषेक प्रसाद पटेल, सचिव विशेश्वर पटेल, उपसचिव रामप्रवेश कुमार पटेल रहेको छन् ।

यसैगरी समितिको सदस्यमा धनु पाण्डे,सुरज कुमार राम, अकलेश साह, बिकी कुमार राम, मंजित पटेल, अजयराम पाल, सुन्दर तुरहा, रफिक अंसारी, गुल्फान अंसारी, बिकी पटेल, सनि पटेल, बिकाश कुमार साह, अनिस अंसारी,कन्हैया गुप्ता, अनिल साह, रवि कुमार पटेल, अनिल साह चयन भएको नेकोसका केन्द्रिय सचिव शिवजी गुप्ताले जानकारी दिए ।

धोबिनीमा भएको भेलामा एमालेका नेता वृजेश्वर चौधरी, कन्हैया द्विवेदी, सुनिल साह, विरेन्द्र साह, पन्नलाल पटेल, अजय पटेल लगायतको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.