logo

जनप्रतिनिधिद्वारा आन्दोलनको घोषणा, वडा कार्यालयको सेवा प्रवाह बन्द गर्ने चेतावनी

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १३ गते ०४: २९ मा प्रकाशित     1772   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी घाइते बनाउने प्रहरीलाई कारबाही गर्न माँग गर्दै बीरगंज महानगरका जनप्रतिनिधिले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।

 

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा तीन दिने अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएका हुन । वडाध्यक्ष महर्जनमाथि कुटपिट गर्ने प्रहरी नायब निरीक्षकलाई कारबाही नगरिए चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन ।

 


उनीहरुले माँग पुरा नगरिउ आन्दोलन गर्ने भन्दै कार्यक्रम घोषणा गरेका छन । पहिलो दिन ३२ वटै वडा कार्यालयमा वडाध्यक्षहरूले हातमा कालो पट्टी बाँधेर काम गर्ने, दोस्रो दिन वडा कार्यालयमा बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा प्रवाह ठप्प पार्ने, तेस्रो दिन दिनभर वडा कार्यालयको सेवा प्रवाह बन्द गर्ने र चौथो दिन घण्टाघर चोकमा विरोध प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

 

वडाध्यक्ष महर्जनलाई दसैँको महाष्टमीको राति प्रहरी चौकी नगवाका सई सन्तोष तुराहाले अपराधीसरह व्यवहार गरी कुटपिट गरेर घाइते बनाएकोले घटनाको सत्य तथ्य छानबिन गरी कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको वीरगञ्ज – २० का वडाध्यक्ष राम किशोर सिंह परागले बताए ।

यसअघि नेपाली काङ्ग्रेस पर्साले पनि वडाध्यक्ष महर्जनलाई कुटपिट गर्ने सई तुराहालाई कारबाहीको माग गर्दै गत शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.