logo

पार्टी प्रवेशको भब्य आयोजना, मंसीर ५ गते एमालेका अध्यक्ष के.पी.ओली पर्सा आउने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २२ गते ०७: ३० मा प्रकाशित     1366   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली मंसीर ५ गते बीरगंज आउने भएका छन । मंसीर ५ गते पोखरिया नगरपालिकामा भब्य पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको र त्यस कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली आउने कार्यक्रम तय भएको पार्टीका जिल्ला अध्यक्ष डा. बिश्वम्भर शर्माले जानकारी दिए ।

 

पार्टी अध्यक्ष ओलीले पोखरियामा हुने कार्यक्रमलाई समबोधन गर्नुका साथै नगरपालिकाले निर्माण गर्ने घण्टाघरको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ । पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनीयार सहित नेपाली कांग्रेस र जसपाका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने छन ।

 

डा. शर्माका अनुसार प्रवेश गर्ने बिषयमा धेरेजना संग कुरा भइरहेको छ । पोखरियाको कार्यक्रममा १ हजार को हाराहारीमा पार्टीमा प्रवेश हुने छ । अहिले कुरा कानी हुदै छ ।

 

दिन जजिक हुदै जादा टुङगो लाग्दै जाने उनले बताए । कार्यक्रममा पर्साका चारै क्षेत्रबाट पार्टीमा प्रवेश हुने उनले बताए । जिल्ला कमिटीको आयोजनामा हुने जिल्ला स्तरीय कार्यक्रम मार्फत नेकपा एमाले पर्साले जनपरिचालनका माध्यमले संगठन मजवुत बनाउने उद्धेश्य लिएको छ । पोखरियामा मंसीर ५ दिउसो १ बजेदेखी कार्यक्रम हुने छ ।

 

पार्टी प्रवेश कार्यक्रमको सन्दर्भमा नेकपा एमाले पर्साको संयन्त्रको बैठकले निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य प्रभू हजराले जानकारी दिए । कुनै किन्तु परन्तु बिना पार्टी प्रवेश कार्यक्रम हुने उनले बताए ।

 

पार्टी निर्माणको प्रक्रियामा पार्टी प्रवेशले अर्थ राख्ने बताउदै साँसद समेत रहेका नेता हजराले मिशन ०८४ लाई पार्टीले केन्द्र भागमा राखेको बताए । एमाले प्रवेश गर्न लागेका पप्पु कन्स्ट्रक्सनका पूर्व सञ्चालकसमेत रहेका रौनियार ०७४ को सम्बिधान सभा निर्वाचनमा जनता समाजवादी पार्टीबाट पर्सा – ३ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यद्यपि भ्रष्टाचार मुद्दा लागेपछि केही समय भित्रै उनी निलम्बनमा परे । उनी सासदको कार्यकाल सकिदा सम्मनै निलम्बनमा परिरहे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.