logo

पार्टी प्रवेशको भब्य आयोजना, मंसीर ५ गते एमालेका अध्यक्ष के.पी.ओली पर्सा आउने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २२ गते ०७: ३० मा प्रकाशित     890   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली मंसीर ५ गते बीरगंज आउने भएका छन । मंसीर ५ गते पोखरिया नगरपालिकामा भब्य पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको र त्यस कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली आउने कार्यक्रम तय भएको पार्टीका जिल्ला अध्यक्ष डा. बिश्वम्भर शर्माले जानकारी दिए ।

 

पार्टी अध्यक्ष ओलीले पोखरियामा हुने कार्यक्रमलाई समबोधन गर्नुका साथै नगरपालिकाले निर्माण गर्ने घण्टाघरको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ । पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनीयार सहित नेपाली कांग्रेस र जसपाका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने छन ।

 

डा. शर्माका अनुसार प्रवेश गर्ने बिषयमा धेरेजना संग कुरा भइरहेको छ । पोखरियाको कार्यक्रममा १ हजार को हाराहारीमा पार्टीमा प्रवेश हुने छ । अहिले कुरा कानी हुदै छ ।

 

दिन जजिक हुदै जादा टुङगो लाग्दै जाने उनले बताए । कार्यक्रममा पर्साका चारै क्षेत्रबाट पार्टीमा प्रवेश हुने उनले बताए । जिल्ला कमिटीको आयोजनामा हुने जिल्ला स्तरीय कार्यक्रम मार्फत नेकपा एमाले पर्साले जनपरिचालनका माध्यमले संगठन मजवुत बनाउने उद्धेश्य लिएको छ । पोखरियामा मंसीर ५ दिउसो १ बजेदेखी कार्यक्रम हुने छ ।

 

पार्टी प्रवेश कार्यक्रमको सन्दर्भमा नेकपा एमाले पर्साको संयन्त्रको बैठकले निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य प्रभू हजराले जानकारी दिए । कुनै किन्तु परन्तु बिना पार्टी प्रवेश कार्यक्रम हुने उनले बताए ।

 

पार्टी निर्माणको प्रक्रियामा पार्टी प्रवेशले अर्थ राख्ने बताउदै साँसद समेत रहेका नेता हजराले मिशन ०८४ लाई पार्टीले केन्द्र भागमा राखेको बताए । एमाले प्रवेश गर्न लागेका पप्पु कन्स्ट्रक्सनका पूर्व सञ्चालकसमेत रहेका रौनियार ०७४ को सम्बिधान सभा निर्वाचनमा जनता समाजवादी पार्टीबाट पर्सा – ३ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यद्यपि भ्रष्टाचार मुद्दा लागेपछि केही समय भित्रै उनी निलम्बनमा परे । उनी सासदको कार्यकाल सकिदा सम्मनै निलम्बनमा परिरहे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.