logo

मुख्यमंत्रीलाई बिश्वासको मत नदिने सत्तासाझेदार दलहरुको तयारी अप्ठयारेमा मधेश सरकार

 इसीमाना सम्वाददाता     २०८० माघ २८ गते ०४: १४ मा प्रकाशित     451   पटक पढिएको

जनकपुर । मधेश प्रदेश सरकारका मुखिया सरोज यादवले जति जति बिश्वासको मत लिने समय घर्किदै गएको छ त्यती त्यती सत्ता साझेदार दलहरुमा बिश्वासको मत दिन नहुने आवाज बलियो हुदै छ ।

 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएर सरकार डेसँगै जनता समाजवादी पार्टी नेतृत्वको सरकार यतिबेला दबाबमा परेको छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । जसअनुसार मधेसका मुख्यमन्त्री सरोज यादवले फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने हो ।

 

तर अहिलेसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय निर्धारण भएको छैन । मुख्यमत्री यादवलाई बिश्वासको मत नदिन सत्तासाझेदार दलहरुले नै वतावरण बनाउदै छन । सत्ता साझेदार नेपाली कांग्रेसले आलोपालोको विषय नटुङ्गिएसम्म विश्वासको मत नदिने भन्दै आइरहेको छ ।

 

गत वैशाखमा बारा–२ मा उपचुनावको क्रममा कांग्रेस र जसपाबिच एक वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको दावी गर्दै कांग्रेसले मुख्यमंत्री आफूले पाउनु पर्ने बताएको छ ।

 

सत्ता साझेदार माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले पनि आलोपालोको कुरा उठाएर मुख्यमंत्री यादवलाई अप्ठयारोमा पारेका छन । मुख्यमंत्री यादवलाई प्रतिपक्षमा बसेर सर्मथन दिदै आएको नेकपा एमालेले भने बिश्वासको मत नदिने प्रष्ट पारेको छ ।

 

पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले आफ्नो दलले सरकारप्रतिको गरेको समर्थन फिर्ता लिने तयारी गरिरहेको प्रष्ट पारेका छन ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेस प्रदेशसभामा १०७ सिट छ । मधेस प्रदेश सभामा पहिलो पार्टी बनेको एमालेको २३ सिट छ भने दोस्रो दल कांग्रेसको २२, तेस्रो दल जसपाको १९ सिट (स्वतन्त्र सासद अनिरुद्र सिंह जसपामा प्रवेश), चौथो दल जनमतको १३ सिट, पाँचौँ दल लोसपाको नौ सिट, छैटौँ दल माओवादी केन्द्रको आठ, सातौँ दल नेकपा एकीकृत समाजवादीको सात सिट छ । ३ जना स्वतन्त्र सांसदसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सिट छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.