logo

कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसक्योः एमाले सचिब भट्टराई

 इसीमाना सम्वाददाता     २०८० फागुन ७ गते ०८: ३० मा प्रकाशित     669   पटक पढिएको

रौतहट। नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन ।

सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमा सचिब भट्टराईले यस्तो बताएका हुन ।


कांग्रेसले आफनो सिद्धान्तलाइ तिलान्जली दिएर नेकपा एमालेलाइ रोक्न खोजेको सचिब भट्टराईले बताए । बिचार नमिल्ने माओबादी तथा मधेशबादी संग गठबन्धन गरेर कांग्रेसले आफनो अस्तीत्व सकेको सचिब भट्टराईको भनाइ थियो ।

चुनाब पछि सरकार बनाउन गठबन्धन गर्नु स्वभाबिक हो तर एमालेलाइ छेक्नुपर्छ भनेर कसम खाएर सिद्धन्त नमिल्ने संग गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।


नेकपा एमाले सबैको पार्टी भएको बताउदै सचिब भट्टराईले अब संगठनलाइ अझ बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाइ आग्रह गरे ।


रौतहटको मौलापुर नगरपालिकाको मेयरलाइ इगित गदै सचिब भट्टराइले भने ‘एमालेबाट चुनाब जितेका जनप्रतिनिधिहरु अलग पार्टीमा क्रियाशिल छन, त्यो सर्वोच्च अदालतले देखेन,सर्बोच्चको आखा यहा सम्म पुगेको छैन ,राजनीतिक दल सम्बन्धी ऐनमा कुनै पनि दलको चुनाब चिल्ह लिएर जितेका जनप्रतिनिधि अर्को दलमा जान्छ भने सो पद स्वत जान्छ’पार्टीलाइ कमजोर बनाउदा लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो ।


चुनाबमा पार्टीलाइ प्रयोग गर्ने,पार्टीबाट सार्वजनिक पद धारण गर्ने अनि अर्को पार्टीमा सक्रिय हुनेको पद खारेज गर्नुपर्ने भट्टराईको भनाइ थियो ।


कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अब रौतहटमा नेकपा एमाले पहिलो नम्बरको पार्टी बन्ने ठोकुवा गरेका थिए ।

यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मी,अजय गुप्ता र रेखा झाले पनि नव निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ शुभकामना दिएका थिए । गत माघ २९ गते सम्पन्न जिल्ला अधिवेशनबाट सचितानन्द साह अध्यक्षमा उपाध्यक्षमा रुपेश पटेल सचिबमा बाबुराम दाहाल लगायत ११७ जना निर्वाचित भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.