logo

कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसक्योः एमाले सचिब भट्टराई

 इसीमाना सम्वाददाता     २०८० फागुन ७ गते ०८: ३० मा प्रकाशित     534   पटक पढिएको

रौतहट। नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन ।

सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमा सचिब भट्टराईले यस्तो बताएका हुन ।


कांग्रेसले आफनो सिद्धान्तलाइ तिलान्जली दिएर नेकपा एमालेलाइ रोक्न खोजेको सचिब भट्टराईले बताए । बिचार नमिल्ने माओबादी तथा मधेशबादी संग गठबन्धन गरेर कांग्रेसले आफनो अस्तीत्व सकेको सचिब भट्टराईको भनाइ थियो ।

चुनाब पछि सरकार बनाउन गठबन्धन गर्नु स्वभाबिक हो तर एमालेलाइ छेक्नुपर्छ भनेर कसम खाएर सिद्धन्त नमिल्ने संग गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।


नेकपा एमाले सबैको पार्टी भएको बताउदै सचिब भट्टराईले अब संगठनलाइ अझ बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाइ आग्रह गरे ।


रौतहटको मौलापुर नगरपालिकाको मेयरलाइ इगित गदै सचिब भट्टराइले भने ‘एमालेबाट चुनाब जितेका जनप्रतिनिधिहरु अलग पार्टीमा क्रियाशिल छन, त्यो सर्वोच्च अदालतले देखेन,सर्बोच्चको आखा यहा सम्म पुगेको छैन ,राजनीतिक दल सम्बन्धी ऐनमा कुनै पनि दलको चुनाब चिल्ह लिएर जितेका जनप्रतिनिधि अर्को दलमा जान्छ भने सो पद स्वत जान्छ’पार्टीलाइ कमजोर बनाउदा लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो ।


चुनाबमा पार्टीलाइ प्रयोग गर्ने,पार्टीबाट सार्वजनिक पद धारण गर्ने अनि अर्को पार्टीमा सक्रिय हुनेको पद खारेज गर्नुपर्ने भट्टराईको भनाइ थियो ।


कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अब रौतहटमा नेकपा एमाले पहिलो नम्बरको पार्टी बन्ने ठोकुवा गरेका थिए ।

यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मी,अजय गुप्ता र रेखा झाले पनि नव निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ शुभकामना दिएका थिए । गत माघ २९ गते सम्पन्न जिल्ला अधिवेशनबाट सचितानन्द साह अध्यक्षमा उपाध्यक्षमा रुपेश पटेल सचिबमा बाबुराम दाहाल लगायत ११७ जना निर्वाचित भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.