काठमाडौं । आन्दोलन गर्दै बालुवाटार पुगेका दुई दर्जनबढी मिटरब्याज पीडित पक्राउ परेका छन् ।
मिटरब्याज संघर्ष समितिका अध्यक्ष अध्यक्ष अवधेश कुशवाहसहित २५ जनालाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरिएको मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए ।
नेपाल प्रहरीले भृकुटीमण्डपमा नै बालुवाटार मार्च रोकेपछि केही पीडितहरू प्रधानमन्त्री निवास ३ नम्बर गेट अगाडि विरोध प्रदर्शन गर्न बालुवाटार पुगेको उनको भनाइ छ ।
उनीहरु बालुवाटारमा ६ बुँदे माग पूरा गराउन दबाब मुलक कार्यक्रम गर्न पुगेका थिए ।
तपाईको प्रतिक्रिया