logo

मैले एमाले परित्याग गरेको छैनः डा. साह

 इसीमाना सम्बाददाता      २०८१ सावन २० गते १८: ५७ मा प्रकाशित     482   पटक पढिएको

बीरगंज । नेकपा एमालेको जन संगठन नेपाल बुद्धिजीवी परिषद पर्साको अध्यक्ष डा. सन्तोष साहले पार्टी परित्याग गरेको कुरामा सत्यता नभएको बताएका छन ।


जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले आफनो सामाजिक संजालमा पार्टी अध्यक्ष डा.सी.के.राउतसंग खिचिएको फोटो सार्वजनीक गर्दै डा. साह जनमत परिवारमा आवद्ध भएको उल्लेख गरेका छन । साह लगायतको पार्टी प्रवेशले जनमत पार्टी बलियो भएको उनले उल्लेख गरेका छन । तर डा.साले भने फोटोको दुरुपयोग गरिएको बताएका छन ।

af9f4440-2afd-43ed-ad38-7a3cca8a0588-3GrSq2EV3ccNXzKcmHc7cejjfv6jwJADmGLIIonU.jpg

यही सम्मान पत्र पाउन लागेको थाहा पाएका डा.सी.के.राउतले डा. साहलाई सम्मान गरेका साहको भनाई छ ।

डा. साहले ईसीमानासंग कुरा गर्दै नेपाल बुद्धिजीवी परिषदको अध्यक्ष जस्तो जिम्मेवार मानछेले पार्टी छोड्ने कुरै नआउने बताए । डा.सी.के.राउतसंगको तस्विरको बारेमा राखिएको जिज्ञासामा उनले डा. राउतले आफुलाई सम्मान गरेको बताए । त्यो पार्टी प्रवेश होइन उहाँसंग भेट हुदा बिद्यावारिधी गरेको भन्दै सम्मान गर्नु भएको बताए ।


उनले आफनो हुनेवाला सम्धीले पार्टी अध्यक्ष डा.राउउतलाई भेटौं भनेको हुनाले पार्टी कार्यालय पुगेको बताए । डा. साहले नेकपा एमालेका पर्सा इन्चार्ज प्रभू हजरालाई फोन गरेर आफूले पार्टी परित्याग नगरेको बताएका छन । इन्चार्ज हजराले साहले पार्टी नछोडेको बताए ।

 

पोखरिया नगरपालिका वडा नम्बर ९ का निर्वाचित वडा सदस्य रोषन कुशवाहा, जसपाका युवा नेता पवन सरार्फ भने जनमतमा प्रवेश गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.