logo

प्रेस सेन्टर महोत्तरीका अधिकांश नेता-कार्यकर्ता प्रेस चौतारीमा समाहित

 ईसिमाना सम्वाददाता     २०८१ असोज १ गते ०६: ५० मा प्रकाशित     461   पटक पढिएको

काठमाडौं, । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा समाहित भएका छन ।

काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय सदस्य सुनिता कुमारी र जिल्ला अध्यक्ष धनबीर महतोसहित जिल्लामा रहेका सवै नेताहरु सोमवार नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालमा समाहित भएका हुन ।


प्रेस सेन्टरबाट प्रेस चौतारीमा समाहित हुनेमा नेपाल पत्रकार महासंघ महोत्तरी सचिव राजकरण महतो र प्रेस सेन्टर मधेस प्रदेशका सचिव एवं महासंघ महोत्तरी सहसचिव रामनारायण महतोसहित दुई दर्जन पत्रकार  छन।

 नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले खादा लगाएर संगठनमा स्वागत गरे । सो अवसरमा स्थायी कमिटी सदस्य एवं प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र नेकपा एमाले मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठसमेत उपस्थिति रहेको थियो । माओवादी निकट प्रेस सेन्टर त्यागेर प्रेस चौतारी प्रवेशगर्नेहरू महोत्तरी चर्चित पत्रकार रहेका छन ।

प्रेस चौतारी प्रवेश गरेपछि सवै नेताहरुले महोत्तरी, धनुषासहित अव मधेश प्रदेशमा प्रेस सेन्टरमा रहेका सवै सक्रिय पत्रकारलाई संगठनमा आवद्ध गराउने बताए। 

कार्यक्रममा एमाले महासचिव पोखरेलले सही बेला सही संगठन र पार्टी रोजेको भन्दै अव नेकपा एमालेको बिकल्प नरहेको तथा माओवादीको भविश्य नरहेको बताए । एमालेम मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठले पार्टीकोतर्फबाट उचित संरक्षण र सहयोग हुने भन्दै निर्धक्क भएर पत्रकारिता गर्न तथा प्रेस चौतारीलाई मधेशमा सवै एक हुँदा पनि पराजीत गर्न नसक्ने अवस्था बनाउन सुझाव दिए ।

यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले श्रमजीविसहित बाम, प्रगतिशील र देशभक्त पत्रकारहरुको साझा घर प्रेस चौतारी नै रहेको तथ्य राख्दै सही समयमा सही निर्णय गरेको बताए । बस्नेतले नवप्रवेसीलाई उचित जिम्मेवारी दिइने जानकारी पनि  दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.