logo

प्रेस सेन्टर महोत्तरीका अधिकांश नेता-कार्यकर्ता प्रेस चौतारीमा समाहित

 ईसिमाना सम्वाददाता     २०८१ असोज १ गते ०६: ५० मा प्रकाशित     326   पटक पढिएको

काठमाडौं, । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा समाहित भएका छन ।

काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय सदस्य सुनिता कुमारी र जिल्ला अध्यक्ष धनबीर महतोसहित जिल्लामा रहेका सवै नेताहरु सोमवार नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालमा समाहित भएका हुन ।


प्रेस सेन्टरबाट प्रेस चौतारीमा समाहित हुनेमा नेपाल पत्रकार महासंघ महोत्तरी सचिव राजकरण महतो र प्रेस सेन्टर मधेस प्रदेशका सचिव एवं महासंघ महोत्तरी सहसचिव रामनारायण महतोसहित दुई दर्जन पत्रकार  छन।

 नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले खादा लगाएर संगठनमा स्वागत गरे । सो अवसरमा स्थायी कमिटी सदस्य एवं प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र नेकपा एमाले मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठसमेत उपस्थिति रहेको थियो । माओवादी निकट प्रेस सेन्टर त्यागेर प्रेस चौतारी प्रवेशगर्नेहरू महोत्तरी चर्चित पत्रकार रहेका छन ।

प्रेस चौतारी प्रवेश गरेपछि सवै नेताहरुले महोत्तरी, धनुषासहित अव मधेश प्रदेशमा प्रेस सेन्टरमा रहेका सवै सक्रिय पत्रकारलाई संगठनमा आवद्ध गराउने बताए। 

कार्यक्रममा एमाले महासचिव पोखरेलले सही बेला सही संगठन र पार्टी रोजेको भन्दै अव नेकपा एमालेको बिकल्प नरहेको तथा माओवादीको भविश्य नरहेको बताए । एमालेम मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठले पार्टीकोतर्फबाट उचित संरक्षण र सहयोग हुने भन्दै निर्धक्क भएर पत्रकारिता गर्न तथा प्रेस चौतारीलाई मधेशमा सवै एक हुँदा पनि पराजीत गर्न नसक्ने अवस्था बनाउन सुझाव दिए ।

यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले श्रमजीविसहित बाम, प्रगतिशील र देशभक्त पत्रकारहरुको साझा घर प्रेस चौतारी नै रहेको तथ्य राख्दै सही समयमा सही निर्णय गरेको बताए । बस्नेतले नवप्रवेसीलाई उचित जिम्मेवारी दिइने जानकारी पनि  दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.