logo

मधेशी दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशीलको वार्ता टोलीको दौडधुप

 इसीमाना सम्बाददाता     २०८१ पौष १९ गते ०९: ४५ मा प्रकाशित     54   पटक पढिएको

काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ ।


जप्रपाका वरिष्ठ उपाध्यक्ष डा।शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग वार्ता गरेको हो ।


अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ । सो वार्ता टोलीसँग जप्रपाका वार्ता टोलीले सम्वाद गरेको हो । जप्रपाका वार्ता टोली सदस्य ईश्वरदयाल मिश्रका अनुसार जसपा सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको छ ।


यसैगरी, जप्रपाको वार्ता टोलीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरुसँग वार्ता गरेको छ । राजेन्द्र महतोको पार्टी पनि सहकार्यका लागि सहमति जनाइएको मिश्रले बताए ।


त्यस्तै, बिहीबार नै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँगपनि वार्ता भएको हो । 


सबै दलका नेताहरु सहकार्यका लागि सहमत रहेको बताइएको छ । संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरु एक ठाउँमा आउनै पर्ने सबै साझा धारणा रहेको मिश्रले जानकारी दिए ।


देशको वर्तमान परिस्थिति निरन्तर जटिलता तर्फ उन्मुख भएको हुँदा, बिग्रिदो अर्थतन्त्र झन् गिर्दो तथा आशावाद खस्किँदो, नैराश्यता बढदो अवस्थामा, ग्रामीण जनजीवन आक्रान्त, जनतामा आशावादीको खाँचो महसुस भएकोले राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता महसुस गर्दै जनता प्रगतिशील पार्टीले तीन सदस्यीय वार्ता टोली गरी वार्ता र सम्वादलाई तीव्रता दिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.