logo

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा चौधरी संरक्षक डा.राउत अध्यक्ष हुने

 इसीमाना सम्वाददाता     २०८१ चैत २१ गते ०८: ४८ मा प्रकाशित     319   पटक पढिएको

बीरगंज। पश्चिमको थरुवट क्षेत्र र मधेश प्रदेश केन्द्रीत भएर राजनीति गरिरहेका  दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । 


जनमत पार्टीका उपाध्यक्ष अब्दुल खाँनका अनुसार बैशाख १५ गते भित्र पार्टी एकता घोषणा गर्ने गरि छलफल भइरहेको बताएका छन ।पार्टी एकताकोलागि टलफल गर्न बनेका कार्यदलहरुले संघन बहस चलाईरहेको समेत उनले बताए ।

पार्टीको नाम झण्डा  चुनाव चिन्हको बिषयमा टुङ्गो लागेको छ ।

 

पार्टीको नाम नागरिक जनमत पार्टी झण्डा र चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टीकै कायम राऋने सहमती भएको स्रोतले जानायो  ।


कार्यदलले नयाँ पार्टीको बिधान तयारी गरिहेको नागरिक उन्मुक्ति पार्टीका एक पदाधिकारीले बताएका छन ।
पार्टीमा रेशम चौधरीले संरक्षकको भूमिका निर्वाह गर्ने डा. सी.के.राउतले अध्यक्ष र रंजिता श्रेष्ठले सह अध्यक्षको भुमिका निर्वाह गर्ने गरि नेतृत्वको ब्यवस्थापन समेत भएको ति पदाधिकारीले बताएका छन । 


एक्ला एक्लै लड्दा राष्ट्रीय पार्टीको हैसियतमा पुग्न सक्ने कि नसक्ने भन्ने प्रश्नका कारण पनि पार्टी एकताले बल पाएको छ । दुबै पार्टीको प्रभाव क्षेत्र पनि अलग भएकोले पार्टी एकताकालागि बल मिलेको छ ।
    
    विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो ।

सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ छिन । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.