logo

सरकार सुरक्षित ठाउँमा बस्न आग्रह गर्दै, नेशनल मेडिकल कलेज विपद्को जोखिमबीच होस्टेल खाली गराउदै

 इसीमाना सम्बाददाता     २०८३ असोज ८ गते ०६: ४४ मा प्रकाशित     322   पटक पढिएको

वीरगन्ज । सरकारले भारी वर्षा, बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका बेला वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय चिकित्सकलाई १२ घण्टाभित्र होस्टेल खाली गर्न निर्देशन दिएको छ ।

कलेज प्रशासनले जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई ध्यानमा राख्दै शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई संस्थाबाट फिर्ता बोलाइदिन चिकित्सा शिक्षा अध्ययन संस्थान , त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ ।

 

त्यसअनुसार अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्डरइमर्जेन्सी ड्युटीलगायत प्रशिक्षण गतिविधि स्थगित रहने कलेजले जनाएको छ ।

 

तर, यही सूचनामार्फत कलेजले आवासीय चिकित्सकलाई सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र आफूलाई उपलब्ध गराइएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गरी कलेजको छात्रावासरप्रशासन कार्यालयमा सम्पत्ति बुझाउन निर्देशन दिएको छ ।

 

सम्बन्धित चिकित्सकलाई तोकिएको अवधिभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाउन भनिएको छ ।

 

विपद्को समयमा चिकित्सकलाई कहाँ जाने प्रश्न 

 

कलेजको यो निर्णय सार्वजनिक भएसँगै प्राकृतिक विपद्को सम्भावित जोखिमबीच आवासीय चिकित्सकलाई तत्काल होस्टेल खाली गर्न लगाउनु कति व्यवहारिक र मानवीय हो भन्ने प्रश्न उठेको छ ।

 

सरकार तथा सम्बन्धित निकायले भारी वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम रहेको भन्दै नागरिकलाई अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका बेला चिकित्सकहरूलाई १२ घण्टाभित्र संस्थागत आवास छाड्न लगाउँदा उनीहरूको सुरक्षित बसोबासको वैकल्पिक व्यवस्था के हुन्छ भन्ने प्रश्नसमेत उठेको छ ।

 

विशेषगरी आवासीय चिकित्सकहरू अस्पतालको नियमित स्वास्थ्य सेवा र प्रशिक्षणसँग जोडिएका जनशक्ति भएकाले उनीहरूको आवास व्यवस्थापनसम्बन्धी निर्णय गर्दा सुरक्षा, वैकल्पिक आवास, आकस्मिक स्वास्थ्य सेवा र मानवीय पक्षलाई समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।

 

कलेज प्रशासनले भने सूचना जारी गर्दै आफ्नो निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

 

सरकारको ‘सुरक्षित ठाउँमा बसौँ’ भन्ने आग्रह र त्यसै समयमा मेडिकल कलेजको ‘१२ घण्टाभित्र होस्टेल खाली गरौँ’ भन्ने निर्देशनबीचको यो विरोधाभासले अहिले वीरगन्जमा नयाँ बहस सिर्जना गरेको छ ।

college-notice-scaled-1.jpg

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.