logo

हिमाल आइरनका श्रमिकको पीडा संसदमा,  तत्काल भूक्तानीको ब्यवस्था मिलाउन साँसद पन्तको माँग

 इसीमाना सम्वाददाता     २०८३ असोज १४ गते ०७: ५९ मा प्रकाशित     290   पटक पढिएको

वीरगञ्ज । वीरगंज पथलैया औधोगिक कोरिडोरमा रहेको हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौं श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको विषय प्रतिनिधिसभामा उठाइएको छ।

 

आफ्नो निर्वाचन क्षेत्रस्थित उद्योगका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै सांसदले दशैंको मुखमा उनीहरूको पारिश्रमिक तत्काल भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

सांसदले सभामुखमार्फत सरकारलाई श्रमिकको समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय र सहजीकरण गर्न आग्रह गरेका छन्।

 

उनका अनुसार उद्योगका करिब १५० श्रमिकले नौ महिनादेखिको पारिश्रमिक नपाउँदा उनीहरू आर्थिक समस्यामा परेका छन्।

 

 श्रमिकले पाउनुपर्ने पारिश्रमिक रकम अढाई करोड रुपैयाँभन्दा बढी रहेको दाबी गरिएको छ।

 

सदनमा बोल्दै सांसदले कुनै समय हजारौं श्रमिकलाई रोजगारी दिएको ज्योति समूहअन्तर्गतको उक्त व्यावसायिक प्रतिष्ठान अहिले आफ्ना श्रमिकको पारिश्रमिकसमेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुग्नुको कारणबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने बताए।

 

उनले पछिल्ला सरकारका आर्थिक तथा बैंकिङ लगानीसम्बन्धी नीतिका कारण उद्योगहरू संकटमा परेको दाबी गर्दै यस्ता औद्योगिक संकटको गम्भीर समीक्षा गर्न सरकारसँग माग गरे।

 

संकटग्रस्त उद्योगलाई पुनः सञ्चालन तथा संरक्षण गर्न विशेष आर्थिक नीति ल्याउनुपर्नेमा जोड दिँदै उनले उद्योगलाई जोगाएर रोजगारी संरक्षण र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताए।

 

हिमाल आइरनका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको विषयमा उद्योग व्यवस्थापन तथा सम्बन्धित सरकारी निकायबाट भने थप आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.