logo

वीरगञ्जमा प्रदीप यादवको ‘चिया संवाद’ निरन्तर, वडा–वडामा स्थानीय नेता–कार्यकर्तासँग भेटघाट

 इसीमाना सम्बाददाता     २०८३ असोज ५ गते ०८: ३२ मा प्रकाशित     56   पटक पढिएको

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले वीरगञ्जमा स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँगको भेटघाटलाई निरन्तरता दिएका छन्।

 

 यसक्रममा उनले वीरगञ्ज महानगरपालिका–१५ का स्थानीय अगुवा तथा कार्यकर्तासँग ‘चिया संवाद’ गर्दै स्थानीय समस्या, जनचासो र समसामयिक विषयमा छलफल गरेका छन्।

 

May be an image of one or more people

वडा नम्बर १५ मा भएको भेटघाटमा पुरुषोत्तमलाल झा, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, वडा अध्यक्ष रमेश यादव, हृदयनारायण सर्राफ, ईश्वरचन्द्र यादवलगायत स्थानीय अगुवा तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

 

छलफलमा वडाका स्थानीय समस्या, नागरिकका आवश्यकता, जनचासो तथा आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउनुपर्ने विषयमा सहभागीहरूले आफ्ना धारणा र सुझाव राखेका थिए।

 

स्थानीयस्तरमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित यादवले पछिल्ला दिनमा वीरगञ्जका विभिन्न वडामा यस्ता भेटघाट गर्दै आएका छन्।

 

यसअघि वडा नम्बर ८ को माईस्थान चोक तथा वडा नम्बर २१ का स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँग पनि उनले चिया संवाद गरेका थिए।

 

वडा नम्बर ११ र १३ मा पनि स्थानीय अगुवा तथा कार्यकर्तासँग समुदायका समस्या, स्थानीय आवश्यकता र आगामी राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेको सार्वजनिक विवरण छ।

 

लगातार भइरहेका यस्ता भेटघाटले यादवको वीरगञ्ज केन्द्रित राजनीतिक तथा संगठनात्मक गतिविधि पछिल्ला दिनमा थप देखिन थालेको संकेत गर्छ।

 

यद्यपि, भेटघाटको औपचारिक उद्देश्य भने स्थानीय समस्या, जनचासो र कार्यकर्तासँग प्रत्यक्ष संवाद रहेको बताइएको छ।

 

स्थानीय तहका समस्या र नागरिकका अपेक्षा बुझ्दै सम्बन्धित निकायसँग समन्वय तथा सहकार्य गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.