logo

पोखरियामा एमालेको चुनावी दौडधूप तीव्र, रूपेश पाण्डे घरदैलोमा सक्रिय

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते ०१: ३० मा प्रकाशित     420   पटक पढिएको

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तीव्र बनाएको छ।

 

 फागुन २१ गते निर्धारित निर्वाचनको तयारीस्वरूप आयोजित कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

अभियानका क्रममा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए।

 

 उनले क्षेत्रको पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई प्राथमिक एजेन्डाका रूपमा अघि सारे। सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए।

 

घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, सिंचाइ सुविधा, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा युवालाई रोजगारी उपलब्ध गराउने विषयमा आफ्ना गुनासा र सुझाव राखेका थिए। केही स्थानमा मतदाताले विकास र स्थायित्वप्रति आशा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

 

पोखरिया नगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा चुनावी गतिविधि दिनप्रतिदिन बढ्दै गएको छ ।  प्रमुख राजनीतिक दलहरू आफ्ना योजना र कार्यक्रमसहित मतदाताको घरदैलोमा पुगिरहेका छन्।

 

निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको विश्वास जित्ने प्रतिस्पर्धा थप तीव्र बन्दै गएको देखिन्छ। घरदैलो कार्यक्रममा नेकपा एमालेका नेता मधेश प्रदेश सभाका सदस्य प्रमोद जयसवाल, पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहान, एमाले नेता भगवान कुर्मी,सन्तोष गिरी  लगायतको सहभागिता रहेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.