logo

वीरगंज १५ को लक्ष्मणवा र भेड़ियाहीमा एमालेको घरदैलो ,जनताको सहभागिताले आफूलाई उत्साहित बनाएको यादवको भनाई

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते ०२: ५२ मा प्रकाशित     229   पटक पढिएको

वीरगंज ।  वीरगंज महानगरपालिका वडा नं. १५ अन्तर्गत लक्ष्मणवा र भेड़ियाही टोलमा नेकपा एमालेको आयोजित घरदैलो उत्साहपूर्ण रुपम ासम्पन्न भएको छ । 

 

कार्यक्रममा  सयौं स्थानीय  उपस्थित रहेका थिए। घरदैलोमा स्थानीय नागरिकको सहभागिताले सामाजिक एकता र  नेतृत्वप्रतिको भरोसा थप बलियो बनाएको वडा नं १५ का वडाध्यक्ष रमेश यादवले बताए।

 

नागरिकबाट पाएको माया, साथ र उत्साहजनक सहभागिताले आफूलाई पनि उत्साहित बनाएको नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले बताए ।

 

स्थानीय आमा दिदी बैनीहरुले माला लगाईदिनु भयो , सगुनको दही  खुवाउनु भयो यो एमाले र त्यसको उम्मेदवार प्रतिको निस्वार्थ सम्मान र सदभाव हो भन्ने आफूले बुझेको नेता यादवले बताए ।

 

उनले स्थनीय नागरिकले उठान गर्नु भएका समस्या दिनु भएका सुझाव,  तथा अपेक्षाहरूलाई गम्भीरतापूर्वक आफूले लिएको बताए। उनले भने, “त्यहाँको सहयोग र सहभागिताले मलाई जिम्मेवार, प्रतिबद्ध र जनउत्तरदायी बन्न अझ प्रेरित गरेको छ।”

 

उममेदवार यादवले आगामी दिनमा विकास, सुशासन र समृद्धिका लागि योजना तथा कार्यहरूलाई गति दिने प्रतिबद्धता व्यक्त गर्दै, साझा प्रयास, एकता र सहकार्यबाट वीरगंजलाई राम्रो  हाम्रो वीरगंज बनाउने प्रतिवद्धता ब्यक्त गरे ।

 

स्थानीयवासीहरूले कार्यक्रमसँगै खुलेर आफ्ना समस्याहरू, सुझाव र अपेक्षाहरूबारे प्रस्तुत गरे। कतिपयले आधारभूत पूर्वाधार, स्वास्थ्य तथा कृषि सम्बन्धी आवश्यकताहरूमा ध्यान दिन आग्रह गरेका थिए भने युवा वर्गले रोजगारी र उद्यमशीलता सृजना सम्बन्धी पहलको माग उठाएका छन्।

 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभू हजराले  आगामी निर्वाचनका लागि समुदायको समर्थन र सहयोगमा विश्वास व्यक्त गर्दै, सबै नागरिकलाई समान मनोभावले फाल्गुण २१ मा हुने निर्वाचनमा सूर्य छापमा मतदान गरी भारी बहुमतका साथ विजय दिलाइ दिन आह्वान गरे ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.