logo

अत्याधुनिक जापानीज अग्नि नियन्त्रक वीरगन्जमै उपलब्ध

      6/10/2017 गते 00 00 मा प्रकाशित     3930   पटक पढिएको

अत्याधुनिक जापानीज अग्नि नियन्त्रक वीरगन्जमै उपलब्ध
वीरगन्ज– अहिलेको २१ औ“ शताब्दीमा विश्व आर्थिक विकासको प्रतिस्पर्धात्मक अवस्थामा अघि बढिरहेको छ । औद्योगिक विकास र आविष्कार जुन गतिमा अघि बढिरहेका छन्, विभिन्न दुर्घटनाहरु हुने क्रमपनि त्यसरी नै बढिरहेको छ । ती दुर्घटनामा आगलागिका घटना पनि दिनहु“ सुनिन्छ । ग्यास र विद्युतीकरणको विकास र विस्तारले जनजीवनलाई सहज र सरल त बनाएको छ नै त्यो स“गस“गै विद्युत र ग्यासबाट चल्ने औजार उपकरणको प्रयोगका क्रममा आगलागिका जोखिमरु पनि उत्तिकै बढेका छन् । विद्युतजन्य आगलागिको जोखिम, उद्योगधन्दा, कलकारखाना सञ्चालनका क्रममा हुनसक्ने आगलागिको जोखिम, पसल, अफिस, बैंक, हस्पिटल, स्कुल, कलेज, सवारीसाधन लगायतका ठाउ“मा हुनसक्ने आगलागिको जोखिम न्यूनिकरण गर्न सरल, सस्तो र प्रभावकारी अग्निनियन्त्रक अपरिहार्य देखिन्छ । 


    आगलागि भइहालेमा आगलागिबाट धनजनको क्षति कम होस् भनेर जापानीज टेक्नोलोजीमा तयार भएको ‛फायरस्क्यु’ नामको अग्नि नियन्त्रक नेपालको आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा आइसकेको छ । अनेकौ“ सफल प्रयोग एवम् टेष्टिङ गरि बनेको फायरस्क्युले आगलागिलाई ४ देखि २० सेकेन्डमा नियन्त्रण गर्नसक्ने वैज्ञानिक रुपमा प्रमाणित भइसकेको छ । वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार विहान प्रहरी उपरिक्षक गोविन्द कुमार साह, वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी, होटल व्यवसायी लगायतको उपस्थितीमा सफल परिक्षण गरिएको थियो । फायरस्क्यु वृद्धवृद्धादेखि बालबालिका सबैले सजिलै प्रयोग गर्न सक्छन् । 
यसको प्रयोगले बालबालिका, वृद्धवृद्धा, बिरामी वा जो कोहीको स्वास्थ्यमा नकारात्मक असर पर्दैन् । घर, कार्यालय, अस्पताल, स्कुल, कलेज, पसल, होटल, पेट्रोलपम्प तथा उद्योगहरुमा अति उपयोगी रहेको एब्सोलुयुट इन्टरनेशनल प्रालिले जनाएको छ । वारा पर्साका डिलर उज्जवल शम्शेर जबराका अनुसार यो अग्निनियन्त्रक प्रयोग गर्न सजिलो, अत्यन्त कम समयमा आगो निभाउन सक्ने, सस्तो, भरपर्दो र प्रभावकारी छ । ‘यसले केही सेकेन्डमै आगलागि नियन्त्रण गर्ने भएकाले जिउधनको क्षति कम हुन्छ,’ उनले भने, ‘यसलाई प्रयोग गर्न कुनै तालिमको आवश्यकता पर्दैन् ।’ साना बालबालिका वा वृद्धवृद्धाले पनि सजिलै फायरस्क्युको प्रयोग गरि आगो निभाउन सक्छन् । बीमामा लाखौ“ रुपैया“ खर्च गरेपनि सुरक्षित रहने प्रवृत्ति अझै विकास भइसकेको छैन् । फायरस्क्युको प्रयोगले धनजन तथा महत्वूर्ण सामग्री जोगाउन धेरैनै सहयोगी बन्ने छ । वीरगन्ज महानगरपालिका १३ राधेमाईमा रहेको डिलरबाट फायरस्क्यु खरिद गर्न सकिन्छ । ९८४०२५३२३६ नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सकिने डिलरले जनाएका छन् । 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

भारतको मणिपुरमा हिंसा जारी हजारौ बिस्थापित ,दर्जनौको ज्यान गयो

नयाँ दिल्ली । मणिपुर सरकारले सरकारले ‘पृथकतावादी, राष्ट्रविरोधी, साम्प्रदायिक र विभाजनकारी एजेन्डालाई अगाडि बढाउने’ सामाजिक सञ्जाल समूहबाट बाहिरिन सबै कर्मचारीलाई आग्रह गर्दै एक वर्ष पुरानो आदेश पुनः जारी गरेको छ ।

भारतको मणीपुरमा हिंसा जारी , हिंसाका कारण १ सय ३७ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य ंिहसा भडकिएको दुई महिना भयो । मे महिनाबाट भडकिएको हिंसा अहिले पनि जारी र मानिसहरुको हत्या हुने क्रम जारी छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बिजयबस्तीका श्रेष्ठ ३२ किलो चरेश सहित पक्राउ

वीरगंज ।३२ किलो चरेश सहित पर्साको ठोरी गाउँ पालिकाको वडा नं – ४ बिजयबस्तीका क्षेत्र बहादुर श्रेष्ठ पक्राउ परेका छन । उनलाई प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित पक्राउ गरेको हो ।

खेतमा भारीमात्रामा लागु औषध बरामद, प्रहरी भन्छ, थप अनुसन्धान भइरहेको छ

वीरगञ्ज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । महानगरपालिका वडा नं–२२ मनियारीका देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.