logo

निर्वाचनको चन्दाले वीरगन्जका उद्योगी व्यवसायी पीडित

      11/19/2017 गते 00 00 मा प्रकाशित     1669   पटक पढिएको

वीरगन्ज, ३ मंसिर । विभिन्न समयमा विभिन्न किसिमका चन्दा आतंकले पीडित बनेका वीरगन्जका उद्योगी व्यवसायी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि वीरगन्जका उद्योगी व्यवसायीहरु चन्दा आतंकबाट पीडित भएका छन् । 

 आर्थिक तथा औद्योगिक नगरीमा पहिलेदेखि नै बढी चन्दा असुलीको शिकार बन्ने गरेका वीरगन्जका उद्योगी व्यवसायीहरु मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि दलका चन्दाका लागि दलको निशानामा परेका हुन् । हरेक दिन दलका नेताहरुले निर्वाचन खर्चका लागि फोन गर्ने गरेको नाम नछाप्ने शर्तमा एक उद्योगीले बताए । 
     उनले भने, “सशस्त्र भूमिगत समूहले भन्दा पनि बढी चन्दा आतंक हुन थालेको छ । जनताको हित र देशको आर्थिक विकास हुन्छ भनेर गराईने निर्वाचनमा चन्दा आतंकबाट उद्योगी व्यवसायीहरु पीडित हुनुपर्छ भने किन निर्वाचन गराउने ? उनले प्रश्न गरे । चन्दा सहयोग गर्न दबाब बढेपछि कतिपय उद्योगी व्यवसायीहरु वीरगन्जबाट बाहिर जानथालेको ती व्यवसायीको भनाइ छ । 
         निर्वाचनमा उम्मेदवार बनेर जनाधार नभएका उम्मेदवारहरुले निर्वाचन खर्चका लागि चन्दा मागिरहेका छन् । “निर्वाचनमा उम्मेदवार बनेर चन्दा माग्ने अनि त्यहि पैसालाई दूरुपयोग गर्ने गरेका छन्, चन्दा लिएर चुनाव लड्ने भएपछि स्वच्छ निर्वाचन पनि हुन सक्दैन ।” एक उद्योगीले कारोबारसँग भने । चन्दा लिएर जितेकाहरु पनि फर्केर आउदैनन् ।
          वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुलाई पर्साका मात्रै होईन बारा, रौतहटबाट पनि चन्दा सहयोग दिन दबाव आउने गरेको छ । राजनीतिक दलहरुलाई चन्दा दिनुपर्ने दबावले वीरगन्जका उद्योगी व्यवसायीहरु तनावमा रहने गरेका छन् । उम्मेदवारहरुले जित्नको लागि व्यापक खर्च गर्ने गरेका कारण निर्वाचन खर्चिलो हुने गरेको छ । 
           उद्योगी व्यवसायीहरुले चन्दा सहयोगका लागि चेक मार्फत भुत्तानी गर्न खोजेपनि राजनीतिक दलका नेताहरुले चेक लिन नमान्ने गरेको उनीहरुको भनाई छ । चन्दा आतंकले व्यवसायीहरु पीडित भएको गुनासो बढेपछि निर्वाचन आयोगले पनि उम्मेदवारहरुलाई दिईएको चन्दा सहयोग हिसाब गरेर राख्न आग्रह गरेको छ । 
          तर, त्यो हिसाब राख्न राख्न सम्भव नभएको उद्योगी व्यवसायीहरुको भनाई छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्याय भन्छन्, “चन्दा माग्ने त्यस्ता कयौं उम्मेदवारहरु हुन्छन्, बैंकको चेक लिन मान्दैनन् कसरी सम्भव हुन्छ हिसाब राख्न ?” सबै राजनीतिक दलका नेताहरुले चन्दा माग्ने गरेको र लिन आफै नआएर कार्यकर्तालाई पठाउने गरेकोले  हिसाबकिताब राख्नलाई सम्भव नहुने गरेको उपाध्यायको भनाई छ ।    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.