logo

मजवुत सुरक्षा बनाउन दुबै देशका अधिकारी सहमत

      11/23/2017 गते 00 00 मा प्रकाशित     1548   पटक पढिएको

 वीरगन्ज, ७ मंसिर । मंसिर २१ गते दोश्रो चरणमा हुने निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक वीरगन्जमा सम्पन्न भएको छ । बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थाको बारेमा छलफल भएको छ ।

 

होटेल भिषूवामा भएको दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमाक्षेत्रमा हुने आपाराधिक क्रियाकलापको नियन्त्रण तथा निगरानी गर्ने, सीमा नाकामा संयुक्त सुरक्षा गस्ती गर्नेबिषयमा सहमती भएको छ । मतदानका दिन सीमा बन्द गर्ने, अपराधीक सूचना आदान प्रदान गर्ने समेतमा सहमती भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनस भयो  । नेपाल भारतको सीमासंग जोडिएका जिल्लाहरुमा सुरक्षाको बिषयमा “काउन्टरपार्ट” बैठक हुदै आएको छ । दुबै देशका सुरक्षा र स्थानीय प्रशासनका प्रमुखहरुको बैठकमा सहभागिता हुने गर्दछ ।

 

नेपालमा आम निर्वाचन हुन लागिरहेको बेलामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न खुला सीमा रहेको भारत तर्फबाट कुनै पनि अवान्छित गतिविधि गर्नेहरुले अवसर नपाउन भन्नकालागि पनि बैठकमा नेपाल पक्षले आग्रह गरेको थियो । नेपाल भारत दुबै देशमा निर्वाचनका बेला सुरक्षा सम्बेदनशिलताका बिषयमा बिशेष चासो लिने गरिएको छ । निर्वाचन विथोल्न विभिन्न ठाउँहरुमा बम विष्फोटका घटनाले सुरक्षा चुनौतीहरु बढेको छ ।

 

भातरसँग सीमा जोडिएका जिल्लाहरु झन बढी संवेदनशील भएकोले सुरक्षा रणनीति बनाउनका लागि पनि दुवैदेशका सुरक्षा अधिकारीहरुबीचको बैठक महत्वपूर्ण रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणासँगै नेपालमा साना हतियारहरुको प्रयोग बढीरहेको छ । वीरगन्जमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाशसिंहले नेतृत्व गर्नु भएको थियो ।

 

उहाँसगै नेपालको तर्फबाट पर्सा, बारा, रौतहट, चितवन र नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा तीनवटै सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरु तथा भारतका तर्फबाट पूर्वी चम्पारणका डिएम रमन कुमार, पश्चिमी चम्पारणका डिएम डा.निलेश देव तथा भारतीय प्रहरी र सीमा सुरक्षा बलका अधिकारीहरुको सहभागिता रहेको पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बताउनु भयो  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.