logo

मजवुत सुरक्षा बनाउन दुबै देशका अधिकारी सहमत

      11/23/2017 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

 वीरगन्ज, ७ मंसिर । मंसिर २१ गते दोश्रो चरणमा हुने निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक वीरगन्जमा सम्पन्न भएको छ । बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थाको बारेमा छलफल भएको छ ।

 

होटेल भिषूवामा भएको दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमाक्षेत्रमा हुने आपाराधिक क्रियाकलापको नियन्त्रण तथा निगरानी गर्ने, सीमा नाकामा संयुक्त सुरक्षा गस्ती गर्नेबिषयमा सहमती भएको छ । मतदानका दिन सीमा बन्द गर्ने, अपराधीक सूचना आदान प्रदान गर्ने समेतमा सहमती भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनस भयो  । नेपाल भारतको सीमासंग जोडिएका जिल्लाहरुमा सुरक्षाको बिषयमा “काउन्टरपार्ट” बैठक हुदै आएको छ । दुबै देशका सुरक्षा र स्थानीय प्रशासनका प्रमुखहरुको बैठकमा सहभागिता हुने गर्दछ ।

 

नेपालमा आम निर्वाचन हुन लागिरहेको बेलामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न खुला सीमा रहेको भारत तर्फबाट कुनै पनि अवान्छित गतिविधि गर्नेहरुले अवसर नपाउन भन्नकालागि पनि बैठकमा नेपाल पक्षले आग्रह गरेको थियो । नेपाल भारत दुबै देशमा निर्वाचनका बेला सुरक्षा सम्बेदनशिलताका बिषयमा बिशेष चासो लिने गरिएको छ । निर्वाचन विथोल्न विभिन्न ठाउँहरुमा बम विष्फोटका घटनाले सुरक्षा चुनौतीहरु बढेको छ ।

 

भातरसँग सीमा जोडिएका जिल्लाहरु झन बढी संवेदनशील भएकोले सुरक्षा रणनीति बनाउनका लागि पनि दुवैदेशका सुरक्षा अधिकारीहरुबीचको बैठक महत्वपूर्ण रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणासँगै नेपालमा साना हतियारहरुको प्रयोग बढीरहेको छ । वीरगन्जमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाशसिंहले नेतृत्व गर्नु भएको थियो ।

 

उहाँसगै नेपालको तर्फबाट पर्सा, बारा, रौतहट, चितवन र नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा तीनवटै सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरु तथा भारतका तर्फबाट पूर्वी चम्पारणका डिएम रमन कुमार, पश्चिमी चम्पारणका डिएम डा.निलेश देव तथा भारतीय प्रहरी र सीमा सुरक्षा बलका अधिकारीहरुको सहभागिता रहेको पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बताउनु भयो  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.