वीरगन्ज, ८ मंसिर । बारामा २७ दिनको नवजात शिशुको लिंग काटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ का चाँद महम्मदका २७ दिनको छोराको लिंग काटिएको हो ।
सुत्केरी आमासँगै सुताईएको शिशुको आमा शौचालयबाट फर्किदँ लिंग काटिएको अवस्थामा भेटिएको बताईएको छ । आमा बाहिरबाट जाँदा छटपटाएर रोएको देखेपछि गएर हेर्दा लिंग काटिएको भेटिएको हो ।
शिशुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याईएकोमा त्यहाँबाट रिफर गरेर थप उपचारको लागि काठमाडौं लगिएको स्वास्थ्यकर्मी जयमुद ठाकुरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया