logo

जीवनोपयोगी सीप सिक्न पाएकोमा खुशी छन महिलाहरु

      11/28/2017 गते 00 00 मा प्रकाशित     1295   पटक पढिएको


बीरगंज १२ मंसिर । एसडीससीले संचालन गरेको बढाई तालिमको बीरगंजका संचारकर्मीहरुले अनुगमन गरेका छन । युएनडीपीले संचालन गरेको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता परियोजना अन्र्तगत बन्चितीकरणमा परेका महिलाहरुको सामाजिक सदभाव  अभिबृद्धिकार्यक्रम अन्र्तगत तालिम संचालन गरिएको हो । 
    बीरगंजको वडा नं १२ १३ र २३मा संचालीत तालिममा १ सय ८० महिलाहरुको सहभािगता रहेको थियो । तालिममा सहभागि अन्जना सिंहले तालिमबाट आफूले जीवनोपयोगी सीप सिकेको बताइन । सल साडी चोलो आदिमा कढाई गर्न सक्ने सीपको बिकास भएको बताउदै सिंहले अव ब्यवसायीक रुपमा काम गर्ने दृढता ब्यक्त गरिन ।
    अनुगमनको क्रममा तालिमका सहभागि महिलाले बनाएको  सितारा जडित पछ्यौरा को प्रर्दशनी समेत गरिएको थियो । तालिममा सहभागी संजु चौरसियाले  आफूहरुले समुह बनाएको र समुहमा आवद्ध भएर ब्यवसायीक रुपमा काम गर्ने जानकारी दिइन । 
    आफनो उत्पादनबाट हुने आम्दानीले आफूहरु आत्मनिर्भर हुने भन्दै उनीहरुले खुशी मात्र ब्यक्त गरेनन । श्रीमानसंग पैसा माग्नु पर्ने अवस्था आउन नदिने बताए । आफ्नै खुट्टमा उभिने  उनीहरुको अठोट रहेको छ । 
कार्यक्रममा एसडीसीसीका जयनारायण चौधरी ,मन्जु अधिकारी,संन्जु अधिकारी प्रशिक्षक शिलु गौतम कौशीला कार्की लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.