logo

मिसन टोली र पर्साका पत्रकारहरुबीच छलफल 

      12/3/2017 गते 00 00 मा प्रकाशित     1152   पटक पढिएको

वीरगन्ज, १७ मंसिर । नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली र पर्साका पत्रकारहरुबीच आईतबार छलफल भएको छ । विशेष गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका समयमा पत्रकारहरुलाई आईपर्ने समस्या र चुनौती, सुरक्षा अवस्था र सूचनाको पहुँचको अवस्थाको बारेमा छलफल भएको थियो ।

महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र र गोविन्द चौलागाईको टोलीसँग पत्रकार महासंघको सभाहलमा भएको छलफलमा पत्रकारहरुको सुरक्षा र समाचार सम्प्रेषणमा संवेदशील भएर सूचना प्रवाह गर्नुपर्ने सन्तुलित र यथार्थ समाचारहरु मात्रै सम्प्रेषण गर्नुपर्ने बताईएको थियो ।

समाचार सम्प्रेषण गर्दा पत्रकारलाई आउने धम्की तथा दुव्र्यवहारको विषयमा पत्रकार महासंघ अत्यन्त चिन्तित रहेको पनि महासंघका टोलीले बताएका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष केसी लामिछाने, दीपेन्द्र चौहान, महासंघ पर्साका कोषाध्यक्ष भूषण यादव, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे लगायतका पर्साका पत्रकारहरुको उपस्थिति रहेको थियो ।     
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.