काठमाडौँ, १७ मंसिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो ।
ब्युरोले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार बन्स्यातलाई पक्राउ गरको जानकारी दिएको हो ।
सम्मेलनमा ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैँटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।
गौचनले घैँटेसँग दुई करोड ५० लाख रकम लिएको र उक्त रकममध्ये बस्न्यातले आफ्नो रु एक करोड भएको दाबी गरेका थिए । यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन दुई प्रतिशत मागेकामा गौचनले बेवास्ता गरेपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको कार्कीले बताउनुभयो ।
तिवारीको हत्या २०७३ पुस ४ भएको थियो र लामालाई २०७३ चैत २९ गोली हानिएको थियो । गौचनको हत्या यही असोज २३ गते गरिएको थियो ।
गौचनको हत्या आरोपमा अहिलेसम्म प्रहरीले मुख्य योजनाकार बस्न्यातसहित वसन्त थेवे, राजिव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ भने मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया