logo

मानव सेवा आश्रम बीरगंज शाखाको पौष १ गते उद्घाटन गरिने ः डा दिपक शाक्य

      12/14/2017 गते 00 00 मा प्रकाशित     1978   पटक पढिएको

बीरगंज २९,माघ ।
समाजिक एवं सेवा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रम बीरगंजको पौष १ गते उद्घाटन हुने भएको छ । श्रीपुर स्थित आश्रमको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि पौष १ गते उद्घाटन आश्रमका अभिभावक एवं प्रमुख संरक्षक डा गोविन्द टण्डन तथा आश्रमको सद्भावना दूत महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आर्चायको उद्घाटन समारोहमा सहभागि हुने आश्रमकी कार्यालय प्रमुख अन्शु कार्कीले बताइन् ।


सम्मेलनमा बोल्दै बीरगंज शाखाका अभिभावक एवं संरक्षक डा दिपक शाक्यले मानव सेवा आश्रम बीरगंजमा खोल्नुको एकमात्र उद्देश्य छ कि नेपालमा जसरी बीरगंजलाई आर्थिक राजधानी सँगै देशकै मेरुदण्डको रुपमा चिनिने गरेको छ ।

 

त्यसकारण बीरगंज महानगरपालिका भित्र वा बाहिर सडक किनारमा दुखिपूर्ण जीवन यापन गरि रहेका अनाथ, अपांग, असहाय, मनरोगीहरुलाई गाँस, बास र कपासको  व्यवस्थापन गर्ने गरि सेवा गर्ने र बीरगंज शहरलाई समुन्नत एवं उच्च मानवीय शहरको रुपमा परिचित गराउन आश्रमको स्थापना गरिएको शाक्यले बताए ।


    पत्रकार सम्मेलनमा बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खड्का, पुर्व अध्यक्ष केसी लामिछाने, प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, भवानी हस्पिटल बीरगंजका संचालक राम श्रेष्ठ, मानव सेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारी, समाजिक अभियन्ता प्रकाश थारु, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, मानव अधिकार कर्मी सरोज चौरसिया लगायतको पत्रकार सम्मेलन उपस्थिति रहेको थियो । 


२०६९ साल भाद्र १३ गते मानव सेवा आश्रमको हेटौडामा अनौपचारिक रुपमा केन्द्रिय कार्यालय उद्घाटन हाल देशको अन्य शहरमा शाखा विस्तार गरि करिब ४०० विभिन्न उमेर समूहका व्यक्तिहरुलाई सेवा दिदै आएको संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए ।

 

अधिकारका अनुसार आश्रमको शाखाहरु चितवन, काडमाण्डौ, ललितपुर, गोरखा, लम्जुंग, बाग्लुंग हुदै २०७४ जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन बीरगंजमा समेत शाखा विस्तार गरि कार्य गर्दै आएको बताउनु भयो । 
बीरगंज शाखाको विधिवत रुपमा पौष १ गते टाउन हल बीरगंजमा भब्य कार्यक्रमका बीच उद्घाटन हुने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.