logo

मानव सेवा आश्रम बीरगंज शाखाको पौष १ गते उद्घाटन गरिने ः डा दिपक शाक्य

      12/14/2017 गते 00 00 मा प्रकाशित     2325   पटक पढिएको

बीरगंज २९,माघ ।
समाजिक एवं सेवा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रम बीरगंजको पौष १ गते उद्घाटन हुने भएको छ । श्रीपुर स्थित आश्रमको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि पौष १ गते उद्घाटन आश्रमका अभिभावक एवं प्रमुख संरक्षक डा गोविन्द टण्डन तथा आश्रमको सद्भावना दूत महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आर्चायको उद्घाटन समारोहमा सहभागि हुने आश्रमकी कार्यालय प्रमुख अन्शु कार्कीले बताइन् ।


सम्मेलनमा बोल्दै बीरगंज शाखाका अभिभावक एवं संरक्षक डा दिपक शाक्यले मानव सेवा आश्रम बीरगंजमा खोल्नुको एकमात्र उद्देश्य छ कि नेपालमा जसरी बीरगंजलाई आर्थिक राजधानी सँगै देशकै मेरुदण्डको रुपमा चिनिने गरेको छ ।

 

त्यसकारण बीरगंज महानगरपालिका भित्र वा बाहिर सडक किनारमा दुखिपूर्ण जीवन यापन गरि रहेका अनाथ, अपांग, असहाय, मनरोगीहरुलाई गाँस, बास र कपासको  व्यवस्थापन गर्ने गरि सेवा गर्ने र बीरगंज शहरलाई समुन्नत एवं उच्च मानवीय शहरको रुपमा परिचित गराउन आश्रमको स्थापना गरिएको शाक्यले बताए ।


    पत्रकार सम्मेलनमा बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खड्का, पुर्व अध्यक्ष केसी लामिछाने, प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, भवानी हस्पिटल बीरगंजका संचालक राम श्रेष्ठ, मानव सेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारी, समाजिक अभियन्ता प्रकाश थारु, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, मानव अधिकार कर्मी सरोज चौरसिया लगायतको पत्रकार सम्मेलन उपस्थिति रहेको थियो । 


२०६९ साल भाद्र १३ गते मानव सेवा आश्रमको हेटौडामा अनौपचारिक रुपमा केन्द्रिय कार्यालय उद्घाटन हाल देशको अन्य शहरमा शाखा विस्तार गरि करिब ४०० विभिन्न उमेर समूहका व्यक्तिहरुलाई सेवा दिदै आएको संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए ।

 

अधिकारका अनुसार आश्रमको शाखाहरु चितवन, काडमाण्डौ, ललितपुर, गोरखा, लम्जुंग, बाग्लुंग हुदै २०७४ जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन बीरगंजमा समेत शाखा विस्तार गरि कार्य गर्दै आएको बताउनु भयो । 
बीरगंज शाखाको विधिवत रुपमा पौष १ गते टाउन हल बीरगंजमा भब्य कार्यक्रमका बीच उद्घाटन हुने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.