logo

विपिसी कलेजद्धारा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार

      12/14/2017 गते 00 00 मा प्रकाशित     1735   पटक पढिएको

बीरगंज २९ मंसिर ।
बीरगंज पब्लिक कलेजले आज होटल भिस्वा बिबिएस प्रथम वर्षका विद्यार्थीहरुका लागि स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बिबिएस प्रथम वर्ष उत्कृष्ट गरेका १० जना विद्यार्थी एवं चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।


 कार्यक्रममा शुभकामना मन्तब्य दिदै मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले किताबी ज्ञान सँगै व्यवहारिक र समाजिक जिम्मेवारीमा समेत विद्यार्थीहरुले नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

 

प्रमुख अतिथि समेत रहेका अधिकारीले हरेक मानिस आफ्नो र आफ्नो परिवारका लागि कार्य गर्ने तथा बाँच्ने गरेको पाईन्छ तर मनुष्यरुपी जीवन यापन गर्ने व्यक्तिको समाजप्रति उतिकै जिम्मेवारी हुन्छ । त्यसकारण बजारमा आफुलाई जहिले पनि विक्ने र समाजमा समाजिक कार्य गरि चर्चामा रहे मात्र भविष्यमा या भोलीको सन्ततीका लागि उदाहरण बन्न सक्नु नै असल जीवन हो भन्ने विचार प्रशिक्षणका क्रममा अधिकारीले व्यक्त गरेका थिए। 

 


कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका डिपुटी कन्ट्रोलर घन्श्याम ठाकुरले मध्य तराईमा विपिसी कलेजले आफ्नो छुटै पहिचान स्थापित गराउन सफल भएकोमा कलेज परिवारलाई बधाई दिदै आज यस कलेजका विद्यार्थीहरुले हरेक क्षेत्रमा उल्लेखनिय कार्य गरिरहेकोमा चर्चा गरेका थिए ।
विपीसी कलेजका कार्यकारी निर्देशक डा।

 

दिपक शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका २०० विद्यार्थीहरुको सहभागिता रहेको स्वागत एवं सम्मान कार्यक्रममा कलेज शैक्षिक निर्देशक युगल किशोर प्रसादले स्वागत मन्तब्य एव सहजीकरण प्रोफेसर हरिरत्न तुलाधर र शंकरमान श्रेष्ठले गरेका थिए। साथै भोजपुरी एवं हिन्दी संगीतकार अजमत अलिलाई समेत सम्मान गरिएको थियो । 

 


कार्यक्रममा कलेजका विद्यार्थीहरुले गीत संगीत, खेलकुद, चुटकुला एवं आफुभित्र भएको कला प्रस्तुत गरेका थिए । कलेजले हरेक वर्ष एवं समय समयमा विद्यार्थीहरुको शीप, क्षमता एवं व्यक्तित्व विकासका लागि तालिम र शैक्षिक भ्रमण लगायतका समाजिक कृयाकलापमा सहभागिता गराउदै प्राकृतिक आपदाका समयमा कलेजले विशेष कार्यक्रम सहित गर्ने गरेको कलेजका प्रोफेसर एव क्रिकेट खेलका एम्पायर समेत रहेका वासु कर्णले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.