logo

घाइते पटेललाइ सांसद यादवले गरे आर्थिक सहयोग

      12/26/2017 गते 00 00 मा प्रकाशित     1533   पटक पढिएको

वीरगन्ज , ११ पुष । वीरगन्जको सुपर  ग्याँस उद्योगमा गत बुधबार भएको आगलागीमा परि घाइते भएका मध्ये उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाइ पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नगद ५० हजार रुपैया सहयोग गरेका छन ।

 

वीरगन्जको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका पटेललाइ आज अस्पतालमै पुगेर सांसद यादवले नगद ५० हजार रुपैया उपलब्ध् गराएका हुन। 

ग्याँस उद्योगममा आगलगी भएकै दिन सांसद यादवले मृतकहरुलाइ जनही एक  लाख र घाइतेहरुलाइ जनही ५०÷५० हजार रुपैया सहयोग गर्ने घोषणा गरेका थिए।

त्यही घोषणा अनुसार सांसद यादवले मंगलवार घाइते मध्येका पटेललाइ  ५० हजार रुपैया प्रदान गरेका हुन । अर्का घाइते वारुण यन्त्रका चालक सुरेश महत्तोको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेकाले उनलाई आफु काठमाण्डौमै गएर ५० हजार रुपैया उपलब्ध गराउने यादवले बताए। 

आगलागीमा परि ज्यान गुमाएका वारुण यन्त्रका कर्मचारीहरु तनहुको ड्ुम्रेका मधुसुदन मिश्र , सर्लाहीको लालबन्दीका यादव प्रसाद अधिकारी र विराटनगरका सन्जिव नेपालको परिवार अहिले किरीयामा बसेकाले किरीया सकेपछि तीन जनै मृतकका परिवारलाइ एक एक लाख रुपैया आफुले प्रदान गर्ने सांसद यादवले बताए  ।  

 

पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयार , पर्साका विधायकहरु लालबाबु राउत गद्धी , जन्नत अन्सारी र मन्जुर अन्सारीको सहितको टोली रकम हस्तान्तरणकालागि अस्पतालमा पुगेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.