logo

मानव अधिकार वर्षपुस्तकको वार्षिक समिक्षा सम्पन्न

      12/28/2017 गते 00 00 मा प्रकाशित     1816   पटक पढिएको


बीरगंज १४ पुष । नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा पूर्व वार्षिक समिक्षा गोष्ठी शुक्रवार पुष १४ गते बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ । गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले १०१७ को जनवरी देखी डिसेम्बर सम्मका घटनाहरुका बिषयमा प्रकाश पारेका थिए ।

१२ महिनाको अवधीमा हत्याका ६ ,मानव बेचबिखनका २ बलात्कार प्रयास ६ बलात्कारका ११ बहुबिवाह २, शरीर बन्धक तथा अपहरणका १ कथित बोक्सी आरोपमा प्रताडना २ घटनाहरु दर्ज भएको बताएका थिए । जिल्लामा बलात्कारका घटनाहरुमा १५ वर्ष भन्दा कम उमेरका वालिकाहरु पीडित भएको उनले बताए ।

बेचबिखनमा रोजगारको खोजीमा रहेका युवा महिलाहरु पर्ने गरेको उनले बताए । उनले घरेलुहिंसा बढदै गएर हत्यामा पुगेका घटनाहरु प्रकाशमा आएको बताए । कार्यक्रममा अधिवक्ता कमल मोहन पोख्रेलले मानव अधिकार उल्लंघनाका घटनाहरु राज्यका संयन्त्रमा दर्ता भएभन्दा बढी रहेको चर्चा गरे ।

उनले त्यस्ता घटनाहरु वर्ष पुस्तककमा अभिलेखीकरण गर्नकालागि इन्सेकले आफनो क्षमता बढाउनु पर्नेमा जोड दिए ।  

उनले केटा केटी भागी बिवाह गरेको घटनामा अभिभावकलाई गैर कानूनी थुनामा राख्ने गरिएको प्रति असन्तोष ब्यक्त गरे । उनले पितृत्वको ठेगान नलागेको वालवालिकाको पालन पोषणमा राज्य गैर जिम्मेवार देखिएकोले वाल अधिकारको उल्लंघन भएको चर्चा गरे ।

उनले नागरिकको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार उपभोगको अवस्था निर्माणमा साधक हुनु पर्ने राज्यनै बाधक भएर देखा परेको बताए ।

अधिकारको उपभोगको बतावरण बनाउनुको साटो राज्यले बनाएका प्रक्रियाहरुले झन बाधा सृजना गरेको उनको भनाई छ । उनले बलात्कारका घटनाहरु कतियप अवस्थामा बदला लिने मनोबिज्ञानबाट प्रेरीत हुने देखिएकोले राम्रो अनुसन्धान हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पर्साका एसपी डा.गणेश रेग्मीले  नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटीवद्ध रहेको बताए । शून्य सहनशीलता ,नो भ्रष्टाचार र मानव अधिकारको रक्षा पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको उनको भनाई थियो ।

राज्यको फ्रन्टलाईनमा बसेर जनताको जीउधनको सुरक्षामा लागेको प्रहरीसंग मानव अधिकार रक्षा गर्ने दायीत्व पनि त्यतीकै रहेको उनले बताए । उनले प्रहरीको ब्यवहारबाट मानव अधिकार रक्षा हुनु पर्ने बताए । उनले  महिलासंग सम्बन्धीत बिषयलाई सम्बेदनशील रुपमा हेर्ने र छिटो सेवा दिने गरिएको बताए ।

उनले प्रहरी कार्यालयमा महिला सेवाग्राहीहरु प्रति ठिक ब्यवहार नभएको गुनसो महिला अधिकारकर्मी र संचारकर्मीले गरेका थिए । गुनासोको बिषयमा जवाफ दिदै डा रेग्मीले प्रहरी कार्यालयलाई महिला मैत्री बनाउने र फरार आरोपीहरुलाई कानूनको दायरमा ल्याई छाडने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी ,सचिव युवराज खडका नेपाल मानव अधिकार  संगठन पर्साका सचिव शिवनाथ यादव सामाजिक अभियान्ता प्रकाश थारु पत्रकारहरु बिजय भण्डारी सुरेश बिडारी रितेश त्रिपाठी ,कविता खडका,आरके पटेल प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष निरज पिठाकोटे लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए ।

उनीहरुले इन्सेकले वर्षपुस्तकले  समिक्षा गरेर राम्रो काम गर्ने गरेको बताए । मानव अधिकारका बिषयमाहरुमा जिम्मेवार निकायसंग छलफल हुने गरि इन्सेकले छलफल गर्ने गरेकोमा सहभागीहरुले प्रशंसा गरेका थिए । वर्षभरि संकलन गरिएका मानअ अधिकार उल्लंघन सम्बन्धी घटनाको पुष्टी कमजारीहरु सच्याउने उद्धेश्यले वर्षपुस्तक प्रकाशन पूर्व नै इन्सेकले समिक्षा गर्दै आएको छ ।

कार्यक्रम जिल्ला स्तरीय मानव अधिकार निगरानी समुहका संयोजक तवरेज अहमदको अध्यक्षतामा भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.