बीरगंज १४ पुष ।
पर्सामा सुन्दर शान्त नेपाल परियोजना संचालन भएको छ । सामाजिक सदभावको बिकास गर्दै समाजमा शान्ति स्थापना गर्नु परियोजनाको उद्धेश्य रहेको बताइएको छ ।
जनजागरण युवा क्लबले परियोजना संचालन गर्ने परियोजनाका जिम्मेवार ब्यक्ति बिक्की महतोले बताए । सेफरवल्र्डको आर्थिक सहयोगमा परियोजना संचालन हुने सेफरवल्र्डका अविनाश कर्णले जानकारी दिए । समाजमा द्वण्द्वहुन सक्ने बिषयहरुलाई ब्यवस्थापन गरि शान्ति निर्माणमा योगदान पु¥याउन एउटा संरचना समेत निर्माण गरिने महतोले बताए ।
२ वर्ष सम्म परियोजना संचालन हुृने छ । पहिलो चरणमा समाजमा शान्ति भंग गर्ने वा एक अर्कामा तनाव सृजना हुन सक्ने बिषयको पहचिान हुने छ ।
पहिचान भएका बिषयहरुको सकारात्मक ब्यवस्थापन गरि द्वण्द्वलाई हिंसात्मक रुपमा भड्किन नदिन परियोजना अन्र्तगत निर्माण भएको संरचनाले भूमिका निर्वाह गर्ने छ ।
संरचनामा समुदायको बिभिन्न क्षेत्रमा योगदान गरेका समाजिक ब्यक्तित्वहरु सामाजिक समावेशीकरणलाई सम्मान गर्दै छनौट हुने छन । परियोजना देको अन्य भाग सहित मध्य तराईको बारा पर्सामा संचालन हुने बताएको छ ।
तपाईको प्रतिक्रिया