बीरगंज १९ पुष ।
रुगंटा वेलफेयर सोसाइटीको सहयोगमा बारा र पर्सा जिल्लाका विभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच छात्रवृति बितरण गरिएको छ ।
सानोपाईला र हिमालयन क्लाइमेटसको समन्वयमा सय जना बिद्यार्थीहरुलाई पाँच लाख मुल्य बराबरका बिद्यालय पोशाक, झोला बितरण गरिएको हो । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले स्कुले बिद्यार्थीहरुलाई शैक्षिक समग्री बितरण गरी वेलफेयरले समाजिक सेवाको क्षेत्रमा राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।
आर्दशनगरमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडिया, बाल कल्याण समितिका सावित्री भण्डारी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम सोसाईटीका अध्यक्ष मुरलीधर रुगंटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया